संसदमा बोल्न रास्वपा सांसदले लिए च्याटजीपीटीको सहारा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरुले प्रतिनिधि सभा बैठकमा बोल्नका लागि च्याट च्याटजीपीटीको प्रयोग बढाएपछि पार्टीले सचेत गराएको छ । संसदमा बोल्ने विषयवस्तु बनाउन एआईको प्रयोग बढ्दै गएपछि सचेतक क्रान्तिशिखा धितालले आइन्दा त्यसो नगर्न सांसदहरुलाई सचेत गराएकी हुन् ।

रास्वपाका एक सांसदका अनुसार सचेतक धितालले बोल्ने विषय पाए नबोल्न तर च्याटजीपीटीको सहारा नलिन निर्देशन दिएकी छन् । सांसदहरुको ग्रुपमा र अनौपचारिक छलफलमा धितालको भनाइ उद्धृत गर्दै ती सांसदले भने, ‘विषयवस्तु नभएको अवस्थामा संसदमा नबोले पनि हुन्छ । तर, च्याटजीपीटीको भरमा बोल्न आवश्यक छैन ।’ प्रतिनिधि सभामा रास्वपा १८१ जना सांसद छन् । रास्वपाका सांसदहरुले च्याटजीपीटीको आधारमा संसदमा बोलेको भन्दै प्रश्न उठेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *