अपी पावरको दुई दशक, नवीकरणीय ऊर्जामा अब्बल

नेपालको ऊर्जा विकास यात्रामा निजी क्षेत्रको भूमिका महत्वपूर्ण मान्न सकिन्छ । विशेषगरी पछिल्लो दुई दशकमा देशको विद्युत् विस्तारमा निजी क्षेत्रले टेवा पुर्याइ रहेको छ । यही परिवेशमा स्थापित एक कम्पनी हो अपी पावर कम्पनी लिमिटेड । यसले जलविद्युत् उत्पादन, प्रसारण र ऊर्जा व्यवस्थापनमा आफ्नो उपस्थिति मजबुद बनाएको छ । विशेषतःसुदूरपश्चिम क्षेत्रको जलस्रोतलाई उपयोग गर्दै ऊर्जा उत्पादनमा जोड दिएको यस कम्पनी देशकै निजी क्षेत्रका चिनिएका जलविद्युत् प्रवद्र्धकहरूमध्ये एक अब्बल कम्पनी हो । नेपालको जलस्रोतलाई व्यवस्थित र दिगो ढंगले उपयोग गर्ने उद्देश्यसहित २०६० सालमा यस कम्पनीको स्थापना भएको थियो । कम्पनीले सुदूरपश्चिमको हिमाली तथा पहाडी भूगोलमा बहने नदीहरूको उच्च सम्भावनालाई मध्यनजर गर्दै विभिन्न जलविद्युत् आयोजनामार्फत विद्युत् उत्पादन गर्दै आएको छ । स्थापनाकालदेखि नै कम्पनीले निजी लगानी, बैंक तथा वित्तीय संस्थासँगको सहकार्य र सर्वसाधारणको सहभागितामार्फत पुँजी संरचना विस्तार गर्दै आयोजना विकासमा ध्यान केन्द्रित गर्दै आएको छ । नेपालमा ऊर्जा अभाव, लोडसेडिङ र आयातित विद्युत्माथिको निर्भरता उच्च रहेको अवस्थामा अपी पावरको भूमिका अग्रणी स्थानमा रहेको छ ।
दुई दशकदेखिको अनवरण यात्रा
२०६० साल असार ५ गते स्थापना भएको यस कम्पनीको केन्द्रीय कार्यालय ट्रेड टावर नेपाल, थापाथली–११, काठमाडौंमा रहेको छ । कम्पनी नेपाल धितोपत्र बोर्डमा दर्ता भएको भइ ‘एपीआइ’ नामबाट शेयर बजारमा कारोबार भइ रहेको छ । यस कम्पनीद्वारा ७ वटा आयोजनाहरु, दश भन्दा बढी कम्पनी, १० भन्दा बढी सहायक कम्पनी रहेका छन् ।
विद्युत् उत्पादनमा सक्रिय
कम्पनीले विद्युत् उत्पादन गरी सुदुरका जिल्लाका साथै देशकै विद्युत् आपुर्तिमा टेवा पुर्याइ रहेको छ । विशेष गरी अपर नौगाड जलविद्युत् आयोजनाले २०७६ असोजबाट उत्पादन सुरु गरी राष्ट्रिय ग्रिडमा विद्युत् प्रवाह गरिरहेको छ । २०७३ असोज १२ मा विद्युत खरिद बिक्री सम्झौता सम्पन्न भएको यो आयोजनाको कुल लागत १६० करोड रुपैयाँ रहेको छ । यस आयोजनाबाट उत्पादन हुने विद्युत शक्ति नेपाल विद्युत् प्राधिकरणले निर्माण गर्ने अत्तरिया वलाँच सवस्टेशनमार्फत राष्ट्रिय ग्रिडमा प्रवाह भएको छ । यसबाट सुदुरपश्चिम प्रदेशमा भरपर्दो विद्युत् आपुर्ति भइरहेको छ । अपर नौगढ गाड साना जलविद्युत् आयोजना रन–अफ–रिभर प्रकारको आयोजना अपी पावर कम्पनीकै आयोजना हो । यो आयोजना नौगढ गाड जलविद्युत आयोजना (८.५ मेगावाट) को इन्टेक क्षेत्रबाट करिब ५ किलोमिटर माथिल्लो भागमा अवस्थित छ । यो आयोजना सुदूरपश्चिम प्रदेशको दार्चुला जिल्लाअन्तर्गत धुलीगाडा र शिखर क्षेत्रमा अवस्थित छ । यसबाट उत्पादन भएको विद्युत् ९ किलोमिटर लामो ३३ केभी प्रसारण लाइनमार्फत चमेलिया जलविद्युत् आयोजनाको बलाँच सबस्टेशन (नेपाल विद्युत् प्राधिकरण)मा जोडिएको छ । उक्त आयोजनाले २०७६ साल कात्तिक १३ गतेदेखि व्यावसायिक उत्पादन सुरु गरेको हो । यस्तै अपी पावरकै अर्को कम्पनी माथिल्लो चमेलिया जलविद्युत् आयोजनाले हाल विद्युत् उत्पादन गर्दै आएको छ । यस आयोजना डडेलधुराको सुदूरपश्चिम प्रदेश अन्तर्गत दार्चुलाको मर्मा गाउँपालिका र अपिहिमाल गाउँपालिकामा अवस्थित रन–अफ–रिभर आयोजना हो । यस आयोजनाले ४० प्रतिशत सम्भाव्यता बहाव २२.७९ घनमिटरप्रति सेकेन्ड र २१५ मिटर ग्रस हेड उपयोग गरी ४० मेगावाट विद्युत् उत्पादन गर्दै आएको छ ।
सौर्य उत्पादनमा पनि त्यतिकै सक्रिय
विश्वव्यापी रूपमा नवीकरणीय ऊर्जातर्फको आकर्षण बढ्दो छ । नेपाल जस्तो जलस्रोत सम्पन्न देशका लागि जलविद्युत् प्रमुख विकल्प हो । अपी पावर कम्पनीले जलविद्युत् उत्पादनमार्फत हरित ऊर्जाको प्रवद्र्धनमा योगदान पुर्याउँदै आएको छ । जीवाश्म इन्धनको विकल्पका रूपमा स्वदेशी विद्युत् उत्पादनले व्यापार घाटा घटाउन र ऊर्जा आत्मनिर्भरता बढाउन सहयोग पुर्याउन सक्छ । अपी पावर कम्पनी सौर्य आयोजनामा पनि उत्तिकै सक्रिय रहेको छ । विशेषगरी यस कम्पनीले ढल्केबर १ मेगावाट सोलार पीभी आयोजना, सिमरा १ मेगावाट सोलार पीभी आयोजना, चन्द्रनिगाहपुर ४ मेगावाट सोलार पीभी आयोजना सञ्चालन गर्दै आएको छ । कम्पनीले चन्द्रनिगाहापुर सौर्य विद्युत् आयोजनाको ४ मेगावाट विद्युत् उत्पादन गरी राष्ट्रिय प्रसारण प्रणालीमा चार वर्ष अघि नै जोडि सकेको छ । रौतहतको चन्द्रनिगाहापुरमा निर्माण गरिएको यस आयोजना १२ बिघा क्षेत्रफलमा फैलिएको छ भने ४ सय वाटका ११ हजार १ सय १२ वटा सौर्य प्यानल जडान गरिएको छ । यस्तै अपी पावरले ढल्केबर १ मेगावाट सोलार सम्पन्न गरी राष्ट्रिय प्रसारण प्रणालीमा जोडिसकेको छ । धनुषाको ढल्केबरमा निर्माण गरेको आयोजना विद्युत् प्रणालीमा जोडिएको हो । यो अपि पावरको दोस्रो सौर्य विद्युत् आयोजना हो । निर्माण सुरु गरेको ६ महिनामा सम्पन्न गरेर प्रसारण प्रणालीमा जोडिसकिएको छ । आयोजनाले उत्पादन गरेको विद्युत् नेपाल विद्युत् प्राधिकरणको ढल्केबर सबस्टेसनमा जोडिएको छ । यस्तै अपि पावरकै १ मेगावाटको सिमरा सौर्य आयोजना तोकिएको लागत र समयभित्रै सम्पन्न गरी विद्युत् उत्पादन गरिसकेको छ । निर्माण सुरु भएको ६ महिनामै सञ्चालनमा ल्याएको थियो । यो आयोजनाको वार्षिक बिजुली उत्पादन क्षमता प्रतिवर्गमिटर ४.९५ युनिट रहेको छ । यस्तै, औसत तापक्रम २५.३ डिग्री सेल्सियस र औसत वायु गति ३.२४ किलोमिटर प्रतिघन्टा रहँदा वार्षिक औसत विद्युत उत्पादन १६ लाख ३० युनिट रहेको छ । यसको आधारमा आयोजनाले वार्षिक १ करोड १८ लाख रुपैयाँ आम्दानी गर्ने प्रक्षेपण गरिएको छ । मधेश प्रदेश पर्सा जिल्लाको सिमरामा निर्मित सिम्ररा सौर्य आयोजना नाम दिइएको यो क्षेत्र भौगोलिक निर्देशांक २७.१६ डिग्रीदेखि २७.१४ डिग्री उत्तरी अक्षांश र ८४.९७५ डिग्रीदेखि ८४.९५८ डिग्री पूर्वी देशान्तरबीच पर्दछ । आयोजनाको स्थापित १।२ मेगावाट डिसी क्षमता रहेको र प्राविधिकरूपमा २०।१ प्रतिशत दक्षताका लङ्गी ४५० डब्लूपी मोनो क्रिस्टलाइन मोड्युलका २६८८ वटा सौर्य पाता उपयोग गरिएको छ । दक्षिणतर्फ फर्काएर राखिएको सौर्य प्यानलको प्रत्येक टेबलमा ५६ र २८ सौर्य प्यानलहरू छन् ।
सहायक कम्पनीहरूबाट पनि विद्युत् उत्पादन
कम्पनीको सहायक कम्पनीहरुबाट विद्युत् उत्पादन गरिरहेको छ भने केही निर्माणको क्रममा रहेको छ । इङ्वा हाइड्रोपावर, एपि हाइड्रो मेकानिकल, सूर्य कुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेड, दार्चुला पावर लिमिटेड, एपि चमेलिया पावर लिमिटेड, लाटिनाथ पावर कम्पनी लिमिटेड, एपि इन्फ्रा लिमिटेड एपि स्प्रिङ प्रा. लि., एपि होल्डिङ्स कम्पनी लिमिटेड र दिव्य ज्योति हाइड्रोपावर लिमिटेड जस्ता कम्पनीहरु केही सम्पन्न गइ उत्पादन दिइ रहेका छन् भने केही निर्माणको चरणमा रहेका छन् ।
देशकै विद्युत् उत्पादनमा सहयोग
नेपालमा ऊर्जा खपत क्रमशः बढ्दै गइ रहेको अवस्थामा अपि पावरले थप टेवा पुर्याइ रहेको छ । विशेषगरी नेपालको विद्युत् प्रणालीमा प्रतिदिन ३ लाख बढी युनिट बिजुली अपुग देखिन्छ । नेपाल विद्युत् प्राधिकरणको पछिल्लो तथ्यांक अनुसार हाल प्रणालीमा १६ हजार ४ सय ३२ मेगावाट आवर बिजुली स्वतन्त्र उर्जा उत्पादकहरुबाट, १० हजार ७ सय ११ मेगावाट आवर भारतबाट आयात, ५ हजार ५ सय ८१ मेगावाट आवर प्राधिकरणकै कम्पनीहरुबाट उत्पादन, ५ हजार ६ सय मेगावाट आवर प्राधिकरणका सहायक कम्पनीहरुबाट उत्पादित बिजुली आपुर्ति हुँदै आएको छ । यस्तो अवस्थामा अपी पावरलेले विद्युत् उत्पादन गरी देशकै प्रसारण लाइनमा टेवा पुर्याइ रहेको छ । पछिल्ला वर्षहरूमा कम्पनीले ऊर्जा क्षेत्रसँगै रियल इस्टेट तथा पूर्वाधार विकास क्षेत्रमा पनि रणनीतिक लगानी विस्तार गर्दै आएको कम्पनीका कार्यकारी सञ्चालक सञ्जीव न्यौपानेले बताए ।
वित्तीय अवस्थामा सुधार
अपि पावर कम्पनी वित्तीय अवस्थामा पनि त्यत्तिकै मजबुद छ । चालु आर्थिक वर्ष २०८२।०८३ को दोस्रो त्रैमासको तथ्यांकलाई हेर्दा कम्पनीको नाफा बढेको छ । कम्पनीले समीक्षा अवधिमा ४२ करोड ६२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ३६।७५ प्रतिशतले बढी हो । गत वर्ष यही अवधिमा कम्पनीको खुद नाफा ३१ करोड १६ लाख रुपैयाँ थियो । कम्पनीको नाफा वृद्धिमा विशेषगरी वित्त खर्चमा आएको उल्लेखनीय कमीको प्रभाव देखिएको छ । अघिल्लो वर्ष ३३ करोड ९३ लाख रुपैयाँ रहेको वित्त खर्च घटेर यस वर्ष २१ करोड ६१ लाख रुपैयाँमा सीमित भएको छ । प्रशासनिक खर्च पनि २ करोड ५३ लाखबाट घटेर १ करोड ५४ लाख रुपैयाँमा झरेको छ । यद्यपि ह्रासकटी खर्च भने २० करोड ९८ लाखबाट बढेर २१ करोड १७ लाख रुपैयाँ पुगेको छ । आम्दानीतर्फ कम्पनीले विद्युत बिक्रीबाट ९५ करोड ९२ लाख रुपैयाँ आम्दानी गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा ११.७९ प्रतिशतले बढी हो। अन्य आम्दानी भने घटेर ८८ लाख १९ हजार रुपैयाँमा सीमित भएको छ। वित्त आम्दानी पनि १ लाख ६० हजारबाट घटेर ७७ हजार रुपैयाँमा झरेको छ । ६ अर्ब ७ करोड रुपैयाँ चुक्तापुँजी रहेको कम्पनीको कुल चालु सम्पत्ति ७४ करोड ८९ लाख रुपैयाँ छ भने कुल चालु दायित्व १ अर्ब ५९ करोड रुपैयाँ पुगेको छ । समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस) बढेको छ । अघिल्लो आवमा १०.२६ रुपैयाँ रहेको ईपीएस १४.०३ रुपैयाँ पुगेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ ११७.५८ रुपैयाँ, मूल्य आम्दानी अनुपात २०.६२ गुणा र तरलता अनुपात ०.४७ प्रतिशत कायम भएको छ ।
सामाजिक उत्तरदायित्वमा पनि त्यत्तिकै सक्रिय
अपी पावरले आयोजना प्रभावित क्षेत्रमा सामाजिक उत्तरदायित्व कार्यक्रम सञ्चालन गर्दै आएको छ । स्थानीय बासिन्दालाई रोजगारी, सीप विकास तालिम, छात्रवृत्ति, स्वास्थ्य शिविर, खानेपानी तथा सामुदायिक पूर्वाधार सहयोग गर्दै आएको छ । जलविद्युत् आयोजना निर्माणका क्रममा जमिन अधिग्रहण, वातावरणीय प्रभाव, नदीको बहावमा परिवर्तन जस्ता विषय संवेदनशील हुन्छन् । त्यसैले स्थानीय सहमति, पारदर्शिता र दिगोपनालाई सन्तुलनमा राख्दै कम्पनीले काम गर्दै आएको छ ।










