फ्रान्सद्धारा सेनेगल ३-१ गोलले पराजित

फिफा विश्वकप २०२६ अन्तर्गतको आफ्नो पहिलो खेलमा फ्रान्स विजयी भएको छ । मंगलबार राति अमेरिकाको न्यु जर्सी रंगशालामा भएको खेलमा सेनेगललाई ३-१ गोलले हराउँदै फ्रान्स विजयी भएको हो । योसँगै फ्रान्सले सेनेगलसँग २४ वर्षपछि बदला लिएको छ । सन् २००२ को विश्वकपमा फ्रान्स सेनेगलसँग पराजित भएको थियो । फ्रान्सको जितमा किलियन एम्बाप्पेले दुई तथा ब्राडली बार्कोला १ गोल गरे । एम्बाप्पेले ६६औँ मिनेटमा पहिलो र इन्जुरी समयमा दोस्रो गोल गरे । भने, बार्कोला ८२औँ मिनेटमा गोल गरेका थिए । सेनेगलले इन्जुरी समयको अन्तिमतिर एक गोल फर्काएको हो । सेनेगलका इब्राहिम एमबायेले गोल गरेका हुन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *