स्वीडेनलाई हराउँदै फ्रान्स अन्तिम १६ मा

काठमाडौं । फ्रान्स विश्वकपको प्रि-क्वाटरफाइनल चरणमा प्रवेश गरेको छ । स्वीडेनलाई हराउँदै फ्रान्स अन्तिम १६ मा पुगेको हो । फ्रान्सले स्वीडेनलाई ३-० ले पराजित गर्‍यो। फ्रान्सको जितमा क्लेयिन एम्बाप्पेले दुई गोल गरे । उनले खेलको ४५ औँ मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । दोस्रो गोल उनले ७५ औँ मिनेटमा गरे । त्यसअघि ब्राड्ली बाराकोलाले गोल गरेका थिए । एम्बाप्पेले विश्वकपमा गोल संख्या १८ पुर्‍याएका छन् । । जारी विश्वकपमा उनले ६ गोल गरेका छन् । फ्रान्सले आगामी यात्राका लागि पाराग्वेसँग खेल्नेछ । चारपटकको विश्वविजेता जर्मनीलाई पेनाल्टीमा स्तब्ध बनाउँदै पाराग्वे अन्तिम १६ मा प्रवेश गरेको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *