आईसीएफसी फाइनान्सद्वारा ५ वर्षभन्दा पुरानो लाभांश बुझिलिन सेयरधनीहरूलाई आग्रह

काठमाण्डौ । आईसीएफसी फाइनान्स लिमिटेडले आफ्ना सेयरधनीहरूलाई ५ वर्षभन्दा पुरानो नगद लाभांश बुझिलिन आग्रह गरेको छ। कम्पनीको १५ औँ र १६ औँ वार्षिक साधारण सभाबाट पारित आर्थिक वर्ष २०७४।७५ र २०७५।७६ को नगद लाभांश हालसम्म पनि कतिपय सेयरधनीहरूले नबुझेकाले यस्तो आग्रह गरिएको कम्पनीले जनाएको छ। कम्पनीले एक सूचना जारी गर्दै लाभांश बुझिलिन बाँकी रहेका सेयरधनीहरूलाई कम्पनीको शेयर रजिस्ट्रार, नक्साल स्थित ग्लोबल आइएमई क्यापिटल लिमिटेडमा सम्पर्क गरी आफ्नो बक्यौता रकम लिन अनुरोध गरेको छ।

सूचना प्रकाशित भएको मितिले एक महिनाभित्र पनि उक्त लाभांश नबुझेमा कम्पनी ऐन, २०६३ को दफा १८२ बमोजिम सो रकम स्वतः लगानीकर्ता संरक्षण कोषमा जम्मा हुने कम्पनीले स्पष्ट पारेको छ। लाभांश बुझिलिन बाँकी रहेका सेयरधनीहरूको विवरण आईसीएफसी फाइनान्स तथा ग्लोबल आइएमई क्यापिटलको आधिकारिक वेबसाइटमा हेर्न सकिनेछ। ​यसैगरी, आर्थिक वर्ष २०७४।७५ देखि २०८१।८२ सम्मको नगद लाभांश बैंक खातामा रकमान्तरण हुन नसकेका सेयरधनीहरूले आफ्नो सम्बन्धित निक्षेप सदस्यमा गई बैंक खाता अद्यावधिक गर्नुपर्नेछ। भौतिक रूपमा रहेका सेयरहरूलाई पनि यथाशीघ्र अभौतिकीकरण गर्न आग्रह गरिएको छ। हितग्राही खातामा अद्यावधिक गरिएको बैंक खाता नम्बर नमिल्दा वा अन्य प्राविधिक कारणले पुनः आईपीएस मार्फत रकम पठाउनु परेमा प्रति सेयरधनी पाँच रुपैयाँ रि प्रोसेस शुल्क लाग्ने जानकारी समेत कम्पनीले दिएको छ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *