तीन मन्त्रीसहित ६ जना केन्द्रीय सदस्यले लिए शपथ
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका ६ जना केन्द्रीय सदस्यहरूले पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् । बुधबार बसेको केन्द्रीय समिति बैठकमा रास्वपा सभापति रवि लामिछानेले रास्वपा केन्द्रीय कार्यालयमा तीनजना मन्त्रीसहित ६ जनालाई शपथग्रहण गराएका हुन् । केन्द्रीय सदस्यको सपथ लिनेमा शिक्षामन्त्री सस्मित पोखरेल, स्वास्थ्यमन्त्री निशा मेहता, कृषिमन्त्री गीता चौधरी, सांसद यज्ञमणि न्यौपाने, प्रमोद न्यौपाने र विनिता कठायत छन् । असार ७ देखि १२ गतेसम्म सम्पन्न महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित भएका थिए । अघिल्लो चरणमा छुटेकाहरूलाई शपथग्रहण गराइएको हो । केन्द्रीय सदस्य र पदाधिकारी मनोनयनका निम्ति बैठक जारी छ ।

















