गगन थापा प्रश्न उठाउने, आशा जगाउने काविल नेता
गगन थापा नेपाली राजनीतिमा निरन्तर चर्चामा रहने नाम हो। उनी नेपाली काँग्रेसका सभापति मात्र होइनन्, परिवर्तन, जबाफदेहिता र नयाँ राजनीतिक संस्कृतिको प्रतीकका रूपमा पनि प्रमाणित भइसकेका नेता हुन् । गगन थापाको राजनीति केवल पद र प्रभावको खेलमा सीमित देखिँदैन। उनी सङ्गठन, विचार र सार्वजनिक उत्तरदायित्वलाई जोड दिने नेताका रूपमा प्रस्तुत हुन्छन्। स्वास्थ्य मन्त्रीका रूपमा उनले गरेका सुधारका दूरदर्शी काम र विगतका संसद्मा उनको सक्रिय उपस्थितिले उनलाई व्यवहारिक र अध्ययनशील नेताको रूपमा जनमनहरूले सजाएको छ। उनको विशेषता भनेको जनतासँग सीधा संवाद गर्न सक्ने क्षमता हो।
उनी समस्यामाथि प्रश्न उठाउन डराउँदैनन्, र पार्टीभित्रै पनि सुधारको कुरा उठाउने नेताका रूपमा चर्चा पाउँछन्। यही कारणले उनलाई धेरैले केवल एक राजनीतिक व्यक्तित्व मात्र होइन कि, सम्भावित देशको विकल्प रहित नेतृत्वको रूपमा पनि नेपाली जनताहरूले हेरिराखेका छन्। तर गगन थापाको यात्रा सजिलो भने पक्कै थिएन र छैन।। नेपाली राजनीतिमा आशा जगाउने नेताले केवल भाषणले होइन, परिणामले पनि प्रमाणित गर्नुपर्छ। त्यसैले उनको मूल्याङ्कन आजको लोकप्रियताबाट मात्र होइन, उनले बनाउन खोजेको राजनीतिक संस्कारबाट गर्नुपर्छ। समग्रमा, गगन थापा त्यस्ता नेता हुन् जसले प्रश्न गर्न पनि जानेका छन् र उत्तर खोज्ने पनि प्रयास गरेका छन्। उनले नेपाली राजनीतिमा युवाको ऊर्जा, बहसको साहस र परिवर्तनको सम्भावनालाई एउटै नाममा जोड्ने काम गरेका छन्। यही कारणले उनी आज पनि धेरैको नजरमा आशा र विवाद दुवैको केन्द्रमा छन्।यसैले हामीले गर्वका साथ गगन थापाको नेतृत्वलाई गगन भेदी नाराले समर्थन र सहयोग गर्नु आजको अपरिहार्य आवश्यकता हो।

















