सूर्यविनायक नगरपालिकाले माग्यो करारमा काम गर्न २५ कर्मचारी

काठमाडौं । भक्तपुरको सूर्यविनायक नगरपालिकाले नगरपालिका र यस अन्तर्गतका कार्यालयहरूका लागि रिक्त रहेका विभिन्न पदहरूमा करार सेवामा २५ जना कर्मचारी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ । नगरपालिकाले भदौ १० गते सूचना प्रकाशित गर्दै योग्य नेपाली नागरिकहरूबाट आवेदन माग गरेको हो । नगरपालिकाको प्रशासन र प्राविधिकतर्फ विभिन्न पदहरूमा कर्मचारी भर्ना गर्न लागिएको छ । जसअन्तर्गत सातौँ तहको आर्किटेक्चर इन्जिनियर १ जना, चौथो तहका सहायक कम्प्युटर अपरेटर ३ जना, अमिन १ जना, राजस्व सहजकर्ता ६ जना, फिल्ड सहायक १ जना र ना।प्रा।स। ९भेटेरिनरी० १ जनाको माग गरिएको छ ।

त्यसैगरी, नगर अस्पतालतर्फ पनि विभिन्न विशेषज्ञ चिकित्सक र स्वास्थ्यकर्मीहरूको पदपूर्ति गरिने सूचनामा उल्लेख छ । अस्पतालतर्फ नवौँ तहका अप्थालमोलोजिष्ट १ जना र रेडियोलोजिष्ट १ जना, आठौँ तहका मेडिकल अधिकृत ३ जना र डेन्टल सर्जन १ जनाको माग गरिएको छ । साथै, सातौँ तहको फिजियोथेरापिष्ट १ जना, पाँचौँ तहका अप्थल्मिक सहायक, स्टाफ नर्स, ल्याब असिस्टेन्ट र फिजियोथेरापी असिस्टेन्ट १–१ जना तथा चौथो तहको डेन्टल हाइजिनिष्ट १ जनाका लागि आवेदन खुलाइएको छ । योग्य इच्छुक नेपाली नागरिकहरूले यो सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवश्यक प्रक्रिया पूरा गरी दरखास्त दिन सक्नेछन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *