भक्तपुर अस्पतालले १९ पदमा माग्यो कर्मचारी
काठमाडौं । बागमती प्रदेश सरकार, स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालय, स्वास्थ्य निर्देशनालय अन्तर्गत रहेको भक्तपुर अस्पतालले विभिन्न पदमा करार सेवामा कर्मचारी भर्नाका लागि दरखास्त आह्वान गरेको छ । अस्पतालले आज एक सूचना जारी गर्दै विभिन्न विशेषज्ञ चिकित्सकसहित स्वास्थ्यकर्मीहरूको पदपूर्तिका लागि आवेदन मागेको हो । अस्पतालले एनेस्थेसियोलोजिस्ट, कार्डियोलोजिस्ट र ई.एन.टी. सर्जन (सबै नवौं तह) मा १,१ जना, मेडिकल अधिकृत (आठौं तह) मा ६ जना र स्टाफ नर्स (पाँचौं तह) मा १० जना गरी जम्मा १९ जना कर्मचारी करार सेवामा भर्ना गर्न लागेको हो । योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरूले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र कार्यालय समयमा दरखास्त दिन सक्नेछन् । दरखास्त दिने अन्तिम मिति २०८३ साल असोज १२ गतेसम्म तोकिएको छ ।

















