पोखरामा एसएमएल महिन्द्राको निःशुल्क सर्भिस क्याम्प सम्पन्न
पोखरा । लक्ष्मी कमर्सियल भेहिकल्स प्रालिले पोखरामा आयोजना गरेको ‘एसएमएल महिन्द्रा’को निःशुल्क सर्भिस क्याम्प सम्पन्न भएको छ । असोज १५ देखि १८ गतेसम्म सञ्चालन भएको उक्त क्याम्पमा १०० भन्दा बढी एसएमएल महिन्द्राका व्यावसायिक सवारीसाधनहरूको सहभागिता रहेको थियो । पोखरा केन्द्रित गरी आयोजना गरिएको यस क्याम्पमा गोरखा लगायत आसपासका क्षेत्रका ग्राहक तथा सवारीधनीहरूले समेत उत्साहजनक सहभागिता जनाएका थिए । ग्राहकलाई नियमित मर्मतसम्भारप्रति प्रोत्साहित गर्ने, सवारीसाधनको प्राविधिक अवस्था जाँच गर्ने, आवश्यक मर्मतबारे जानकारी उपलब्ध गराउने तथा बिक्रीपछिको सेवालाई थप प्रभावकारी बनाउने उद्देश्यले उक्त क्याम्पको आयोजना गरिएको हो । क्याम्पअन्तर्गत ग्राहकलाई श्रम शुल्कमा ५० प्रतिशत, लुब्रिकेन्ट (इन्जिन आयल( मा १५ प्रतिशत तथा स्पेयर पार्ट्समा १५ देखि २० प्रतिशतसम्म विशेष छुट उपलब्ध गराइएको थियो । साथै, सहभागी सवारीसाधनको निःशुल्क प्राविधिक जाँच गरिनुका साथै सवारीधनीहरूलाई आकर्षक उपहारको समेत व्यवस्था गरिएको थियो ।
बिएस–६ प्रविधि र आधुनिक सवारी सञ्चालनमा जोड
व्यावसायिक सवारीसाधनको क्षेत्रमा वातावरणीय प्रभाव न्यूनीकरण, इन्धनको प्रभावकारी उपयोग, सुरक्षा र सञ्चालन खर्चको व्यवस्थापन मुख्य विषय बन्दै गएका छन् । यस सन्दर्भमा बिएस–६ उत्सर्जन मापदण्डले सवारीसाधनबाट निस्कने हानिकारक प्रदूषकको मात्रा घटाउन महत्त्वपूर्ण भूमिका खेल्छ । आधुनिक इन्जिन तथा उत्सर्जन नियन्त्रण प्रणालीमा आधारित बिएस ६ प्रविधिले व्यावसायिक सवारीलाई थप वातावरणमैत्री बनाउन मद्दत पुर्याउँछ । एसएमएल महिन्द्राका नयाँ पुस्ताका सवारीसाधनहरूमा उपलब्ध इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल (इएससी), हिल स्टार्ट असिस्ट (उकालोमा सहज सुरुवात प्रणाली), मल्टि–इन्फर्मेसन मिटर क्लस्टर (बहु–सूचना मिटर प्रणाली), गियर कोचिङ प्रणाली तथा पावर र इकोनोमी ड्राइभिङ मोड जस्ता प्रविधिहरूले सवारी सञ्चालनलाई थप सुरक्षित र व्यवस्थित बनाउन सहयोग गर्छन् । यी आधुनिक सुविधाहरूले सवारीको सन्तुलन, इन्धन बचत, चालकलाई आवश्यक प्राविधिक सूचना र ड्राइभिङ बानीमा सुधार ल्याउन टेवा पुर्याउँछन् । यस्ता सुविधाहरू सवारीसाधनको मोडेल तथा भेरियन्टअनुसार फरक हुन सक्ने जनाइएको छ । आधुनिक बिएस–६ सवारीसाधनमा इन्जिन तथा उत्सर्जन नियन्त्रण प्रणालीलाई चुस्त राख्न नियमित मर्मत तथा जाँच अत्यन्तै महत्त्वपूर्ण मानिन्छ । समयमै इन्जिन आयल परिवर्तन, फिल्टर तथा ब्रेकको जाँच, नियमित प्राविधिक निरीक्षण र सक्कली स्पेयर पार्ट्सको प्रयोगले सवारीको दीर्घकालीन कार्यक्षमता कायम राख्न तथा सम्भावित समस्या समयमै पहिचान गर्न मद्दत गर्दछ । यसै पक्षलाई मध्यनजर गर्दै आयोजित सर्भिस क्याम्पले ग्राहकहरूलाई आफ्ना सवारीसाधनको वास्तविक प्राविधिक अवस्था बुझ्न, मर्मतसम्भार सम्बन्धी ज्ञान लिन र नियमित हेरचाहका लागि प्राविधिक परामर्श प्राप्त गर्ने अवसर प्रदान गरेको थियो । क्याम्पमा १०० भन्दा बढी सवारीसाधनको सहभागिताले ग्राहकहरूमाझ नियमित मर्मत र प्राविधिक सचेतनाप्रतिको चासो बढेको स्पष्ट भएको कम्पनीले जनाएको छ । पोखरा र गोरखा लगायतका क्षेत्रबाट भएको ग्राहकहरूको सहभागिताले कम्पनीसँगको प्रत्यक्ष सम्पर्क र बिक्रीपछिको सेवाको पहुँचलाई थप बलियो बनाएको छ । लक्ष्मी कमर्सियल भेहिकल्स प्रालि नेपालका लागि एसएमएल महिन्द्राका व्यावसायिक सवारीसाधनको एक मात्र आधिकारिक वितरक हो । कम्पनीले बस, ट्रक तथा अन्य व्यावसायिक सवारीहरूको बिक्रीसँगै भरपर्दो सर्भिसिङ, सक्कली स्पेयर पार्ट्स र गुणस्तरीय प्राविधिक सेवामार्फत ग्राहकलाई निरन्तर सहयोग उपलब्ध गराउँदै आएको छ । पोखरामा सम्पन्न यस क्याम्पले नियमित मर्मतसम्भार, आधुनिक बिएस–६ प्रविधिको सही उपयोग र प्रभावकारी बिक्रीपछिको सेवाको महत्त्वबारे सचेतना फैलाउनुका साथै ग्राहकसँगको सम्बन्धलाई थप सुदृढ बनाउन योगदान पुर्याएको छ ।

















