अफतावका छोरा फिरदोस बने कांग्रेस सहमहामन्त्री

काठमाडौं । नेपाली कांग्रेसका पुराना नेता अफताव आलमका छोरा मो. फिरदोस आलम सहमहामन्त्रीमा निर्वाचित भएका छन् । उनी कांग्रेसको १५औं महाधिवेशनमा मधेशी क्लस्टरबाट सहमहामन्त्री निर्वाचित भएका हुन् । कांग्रेसको आधिकारिक फेसबुकमार्फत पार्टीले फिरदोस आलमलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएको छ ।

उनी २१ फागुनमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा मधेश प्रदेशमा कांग्रेसका तर्फबाट निर्वाचित हुने एक्ला सांसद हुन् । फिरदोस रौतहट–२ बाट २९ हजार ५२८ मतसहित प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । उनका निकटतम् प्रतिस्पर्धी नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार किरणकुमार साहले १८ हजार ४४२ मत पाएका थिए । फिरदोसका पिता मोहम्मद आफताब आलम रौतहटबाट पटक–पटक निर्वाचित भएका थिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *