चाडपर्वमा साइबर ठगी रोक्न बैंक वित्तीय संस्थाले २४ सै घण्टा ‘अन कल’ सम्पर्क व्यक्ति तोक्नुपर्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले चाडपर्वको लामो बिदामा हुन सक्ने साइबर ठगी र आर्थिक अपराध नियन्त्रणका लागि बैंक तथा वित्तीय संस्थालाई २४ सै घण्टा उपलब्ध हुने गरी ‘जिम्मेवार सम्पर्क व्यक्ति’ तोक्न निर्देशन दिएको छ । केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्था, भुक्तानी प्रणाली सञ्चालक र भुक्तानी सेवा प्रदायकहरूलाई एक सूचना जारी गर्दै तोकिएका सम्पर्क व्यक्तिको नाम, पद, मोबाइल नम्बर र २४।७ नै अनुगमन हुने ‘ड्युटी इमेल ठेगाना’ उपलब्ध गराउन निर्देशन दिएको हो । उक्त विवरण नेपाल प्रहरी प्रधान कार्यालय, साइबर ब्युरोको इमेल ठेगानामा पठाउनु पर्नेछ ।

विजया दशमी, दीपावली तथा छठ पर्वका अवसरमा लामो समय सार्वजनिक बिदा हुने भएकाले यस अवधिलाई लक्षित गरी साइबर फ्रड तथा अनलाइन आर्थिक ठगीका घटना बढ्न सक्ने जोखिमलाई ध्यानमा राखेर राष्ट्र बैंकले निर्देशन दिएको हो । आपतकालीन अवस्थामा खटिने यी सम्पर्क व्यक्ति र संयन्त्रमार्फत साइबर ठगीका घटना हुनासाथ समयमै कारोबारको विवरण उपलब्ध हुने, शंकास्पद वालेट तथा कारोबार पहिचान गरी तत्काल रोक्का (फ्रिज) गर्न सकिने र प्रहरीको अनुसन्धान प्रक्रियालाई छिटो–छरितो बनाउन सहज हुने राष्ट्र बैंकले जनाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *