इजरायलमा नेपाली नागरिकलाई सावधानी अपनाउन आग्रह

काठमाडौँ । इजरायलस्थित नेपाली दूतावासले इजरायलमा रहेका नेपाली नागरिकहरूलाई सुरक्षित आश्रयस्थलको सुविधा भएको क्षेत्रको आसपासमै रहन आग्रह गरेको छ।

दूतावासले जारी गरेको विज्ञप्तिमा हाल इजरायलमा उत्पन्न सुरक्षा परिस्थिति तथा सम्भावित खतरा मध्यनजर गर्दै, इजरायली ‘होम फ्रन्ट कमाण्ड’ले सर्वसाधारणका लागि जारी गरेका नयाँ निर्देशनहरूको पालना गर्न आग्रह गरिएको छ।

विज्ञप्तिमा उल्लेख छ:

“यस क्षेत्रमा पछिल्लो समय विकसित परिस्थितिलाई मध्यनजर गर्दै इजरायली होम फ्रन्ट कमाण्डद्वारा सर्वसाधारणका लागि नयाँ निर्देशनहरू जारी भएकाले नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई इजरायली नेसनल इमर्जेन्सी पोर्टलमार्फत अद्यावधिक स्थानीय सुरक्षा प्रोटोकलहरूबारे जानकारी लिन, ती प्रोटोकलको पालना गर्न, आफ्नो सुरक्षामा विशेष ध्यान दिन तथा सुरक्षित आश्रयस्थलको सुविधा भएको स्थानको नजिकै रहन हार्दिक अनुरोध गर्दछौं।”

इजरायलले शुक्रबार बिहान इरानमाथि गरेको आक्रमणपछि क्षेत्रीय अवस्था थप तनावपूर्ण बनेको छ। आक्रमणपछि इरानले कडा प्रतिक्रिया जनाउने चेतावनी दिएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *