रवीन्द्र मिश्र जिल्ला अदालतमा भए हाजिर, थुनछेक बहस हुने

काठमाडौं । राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र जिल्ला अदालत काठमाडौंमा हाजिर भएका छन् । आज अदालत उपस्थित भएका मिश्रको आज नै थुनछेक बहस हुनेछ । त्यसपछि उनी पूर्वपक्षका लागि थुनामा जाने वा नजाने निर्णय हुनेछ ।

तीनकुनेमा भएकाे राजावादीहरुकाे अराजक आन्दोलनलाई लिएर पक्राउ परेका मिश्र सर्वोच्च अदालतको आदेशले हाजिरी जमानीमा छुटेका थिए । अदालतमा हाजिर भएसँगै उनको थुनछेक बहस सुरू भएको छ । न्यायाधीश तारादेवी महर्जनको इजलासमा मिश्रको थुनछेक बयान हुनेछ । बयानपश्चात पुर्पक्षमा जेल चलान गर्ने वा धरौटीमा रिहा गर्ने वा साधारण तारेखमा छाड्ने मध्येको एक आदेश हुनेछ ।

हिजोमात्र अदालतमा उपस्थित भएर बयान दिएका राप्रपाका सांसद धवलशमशेर राणा भने ३ लाख धरौटी तिरेर छुटेका छन् । सोही घटनाका दुर्गा प्रसाईंलाई भने अदालतले थुनामा पठाउन आदेश दिइसकेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *