नेपाली बजारमा सुनको मूल्य बढ्यो
काठमाडौँ । नेपाली बजारमा आज आइतबार सुनको मूल्य बढेको छ ।
सुनको मूल्य आज तोलामा ५०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तोलामा १ लाख ९४ हजार ७०० रुपैयाँ कायम भएको छापावाल सुन आइतबार बढेर तोलामा १ लाख ९५ हजार २०० रुपैयाँ कायम भएको हो ।
आज चाँदीको मूल्य पनि समान्य बढेको छ । शुक्रबार तोलामा २ हजार १५० रुपैयाँ कायम भएको चाँदीको मूल्य आज १० रुपैयाँले बढेर तोलामा २ हजार १६० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।