सुनको मुल्य स्थिर
काठमाडौं । नेपाली बजारमा सुनको मुल्य स्थिर रहेको छ भने चाँदीको मुल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सोमबार छापावाल सुनको मूल्य तोलाको एक लाख ९५ हजार २ सयमा कारोबार भइरहेको छ । यसअघि आइतबार पनि सुन तोलाको एक लाख ९५ हजार २ सयमै कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । आज चाँदी तोलामा १० रुपैयाँले बढेर तोलाको २१७० रुपैयाँमा कारोबार भइरहेको छ ।