आमा भाग ३ ।
कामकाज गरेर आउँदा
आमा नहोउँ पर
निष्ठुरी नबन आमा
आउँन फर्कि घर ।१
दामपैसा थियोनि तिम्रो
कन्तुर त्यसै बस्यो
आउँन अब त आमा
धेरै नैआँसु खस्यो ।२
धत्याङ धुतुङ गर्थ्यौ आमा
अब गर्नेको छ र
काखपोल्टो सम्झि आमा
फर्केर आउँन घर ।३
रहेछ तिम्रो सिन्दुर पोते
रहेछ रातो धागो
ती बस्तु हेर्दा आमा
मनजलि हुन्छ आगो ।४
भोक तिर्खा लाग्या होला
आमा नमान डर
सँगै साथ रमाउँला आमा
फर्कि आउँन घर ।५
भुलेर भुल्न सकिन आमा
तिम्रा सयन वश्र
तिम्रो मुहार देख्न पाए
यो मन हुन्थ्यो हर्ष ।६
डोको र नाम्लो आमा
किलामा अल्झि रह्यो
तिमी नहुदा आमा
बेसुर बल्झि गयो ।७
तिम्रा लुगा धुने र पिट्ने
मुङग्रो सुकेर गयो
सुकाउने र सजाउँने
डोरी फुकेर गयो ।८
तिमिले लगाउँने ती
गाँजल र टीका हेर
सौन्दर्यलाई सम्झि आमा
आउँ घर फर्केर ।९
तिम्रा ती कानका गहना
सजि सजाउँ छन्
लगाउँने छैनन कोही
रोई रहेछ मन ।१०
फुर्सद छैनकि तिमिमा
किन के भयो डर
बिति गयो अब त आमा
आउन फर्कि घर ।११