हिमालयन लाइफको १८औं वार्षिक साधारणसभा आज बस्दै
काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको १८औं वार्षिक साधारणसभा आज बस्दैछ। सभा काठमाडौंको नक्सालस्थित आम्रपाली ब्याङ्क्वेटमा बिहान साढे १० बजेदेखि शुरू हुनेछ। सभाले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट कम्पनीको चुक्ता पूँजी ९ अर्ब १४ करोड ३२ लाख ३७ हजार रूपैयाँको ८ प्रतिशत नगद लाभांश (कर सहित) वितरणको प्रस्ताव पारित गर्नेछ। यसका साथै गत आवको वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदन लगायतका वित्तीय विवरणहरू पारित गरी चालू आवको लागि लेखापरीक्षकको नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्नेछ।
कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अधिकार दिने र गत आवमा भएको खर्च अनुमोदन गर्ने प्रस्ताव पनि सभाका लागि तय गरिएका छन्। साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले गत जेठ २८ गते १ दिन बुक क्लोज गरिसकेको छ। यसर्थ जेठ २७ गतेसम्म नेप्सेमा कायम शेयरधनी मात्रै सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन्।