शुभमको ५ विकेटमा जापान ८० रनमा अलआउट

काठमाडौं । बाँयाहाते स्पिनर शुभम खनालले ५ विकेट लिएपछि एसीसी मेन्स यू-१६ इस्ट जोन क्रिकेटको आफ्नो दोस्रो खेलमा नेपालले जापानलाई सामान्य योगफलमा अलआउट गरेको छ । टस जितेर पहिले ब्याटिङ गरेको जापान ३४.३ ओभरमा ८० रनमा अलआउट भयो । कप्तान चार्ली हाराहिन्जले सर्वाधिक ३६ रन बनाए । नेपालक लागि शुभम खनालले १० ओभरमा १५ रन मात्र दिएर ५ विकेट लिए । अभय यादवले २ तथा सुशील रावल र बिपिन प्रसाद शर्माले १-१ विकेट लिए । नेपालले पहिलो खेलमा सिंगापुरलाई ५ विकेटले हराएको थियो । यू-१६ इस्ट जोन कपमा नेपालसहित १० टोलीको सहभागिता छ । नेपाल समूह ए मा सिंगापुर, इन्डोनेसिया, जापान र भुटानसँगै छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *