सोमबार रद्द गरिएको दोहातर्फको नेपाल एयरलाइन्सको उडान १२ बजेका लागि पुनः तय

काठमाडौं । इरानले कतारमा आक्रमण गरेपछि सोमबार राति रद्द गरिएको दोहातर्फको नेपाल एयरलाइन्सको उडान आज (मंगलबार) मध्याह्न १२ बजेका लागि पुनः तय गरिएको छ ।

हवाई मार्ग खुलिसकेको र अवस्था शान्त बन्दै गएकाले उडान समय निर्धारण गरिएको एयरलाइन्सले जनाएको छ । नेपाल एयरलाइन्सको विमान सोमबार राति ११ बजे दोहा उड्ने तालिका थियो । तर, सुरक्षा कारणले उडान रद्द गरिएपछि वैदेशिक रोजगारीका लागि कतार जान लागेका धेरै यात्रुहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रातभर अलपत्र परेका थिए ।

इरानको आक्रमणपछि खाडी मुलुकहरूमा हवाई उडानहरू प्रभावित भएका छन् । सोमबार राति विमानमा बोर्डिङको तयारी भइरहेकै बेला अचानक उडान रद्द गरिएपछि यात्रुहरूलाई समस्या परेको हो । विमानस्थलमा रातिदेखि नै दर्जनौं यात्रुहरू बसिरहेका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *