परराष्ट्रमन्त्री देउवा आज इटलीको राजधानी रोम जाँदै
काठमाडौं । परराष्ट्रमन्त्री डा आरजु राणा देउवा इटालीको रोममा यही जुन २८ देखि जुलाई ४ सम्म आयोजना हुने खाद्य तथा कृषि संगठन (एफएओ) कन्फ्रेन्सको ४४ औं सत्रमा सहभागी हुन आज त्यसतर्फ प्रस्थान गरेकी छन्।
शनिबारदेखि विहीबारसम्म हुने खाद्य तथा कृषि संगठन (एफएओ) को ४४औं सम्मेलनमा सहभागी हुन मन्त्री डा.राणा आज त्यसतर्फ गएको जनाइएको छ । मन्त्रालयका अनुसार मन्त्री डा. राणाले सम्मेलनको मुख्य सत्र र अन्य उच्चस्तरीय कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । परराष्ट्रमन्त्री राणा नेतृत्वको नेपाली प्रतिनिधिमण्डलमा अष्ट्रियाका लागि नेपाली राजदूत तथा एफएओमा नेपालका स्थायी प्रतिनितिनिधि भरतकुमार रेग्मी, परराष्ट्र मन्त्रालय र कृषि मन्त्रालयका अधिकारीहरू रहेका छन् ।
सम्मेलनपछि, परराष्ट्रमन्त्री डा. राणाले इटालीको मिलान र जर्मनीको ह्याम्बर्ग र बर्लिनमा नेपालको लगानी बोर्डद्वारा आयोजित कार्यक्रमहरूमा भाग लिने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ ।