रास्वपाले बोलायो संसदीय दलको बैठक
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको बैठक बोलाएको छ ।
बैठक असार १४ गते शनिबार बिहान ९ बजेका लागि बोलाइएको हो । बैठकमा भिजिट भिसा प्रकरणसँगसँग सम्बन्धित पछिल्ला विकसित घटनाक्रमबारे छलफल हुने रास्वपाका प्रवक्ता एवम् प्रतिनिधि सभा सदस्य मनिष झाले जानकारी दिए ।भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकसमेत मुछिएको भन्दै रास्वपाले गृहमन्त्रीको राजीनामा माग्दै संसदमा विरोध गर्दै आएको छ ।
मन्त्रिपरिषद बैठकले भिजिट भिसा प्रकरणमा छानबिन गर्न पूर्वमुख्यसचिव शंकरदास वैरागीको नेतृत्वमा समिति गठन गरे पनि रास्वपाले त्यसलाई स्वीकार गरेको छैन ।