विद्यालय शिक्षा विधेयकबारे शिक्षा मन्त्रालयमा छलफल

काठमाडौं । विद्यालय शिक्षा विधेयकबारे शिक्षा मन्त्रालयमा छलफल हुन थालेको छ ।

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्नुअघि सहमति जुटाउन मन्त्रालयमा सरोकारवालबीच छलफल सुरु भएको हो । आज सोमबार बिहान साढे ८ बजेका लागि बोलाइएको समितिको बैठक २ बजेलाई सारिएको छ । शिक्षा मन्त्रालयमा जारी बैठकमा शिक्षक महासंघका महासचिव तुलाबहादुर थापा, नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष हंस शाही, शिक्षक संघका अध्यक्ष सोमनाथ गिरी, एकीकृत अखिल नेपाल शिक्षक संगठनको अध्यक्ष शंकर अधिकारीलगायत बैठकमा सहभागी छन् ।

शिक्षकसँगको छलफलपछि समिति बैठक बसेर विधेयक पारित गर्ने तयारी छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *