कुलिङ पिरियडमा भएको हेरफेर बारे छलफल
काठमाडौँ । सभामुख देवराज घिमिरेले निजामती कर्मचारी विधेयकमा भएको हेरफेर बारे छलफल गरेका छन् ।
सभामुख घिमिरेले राज्य व्यवस्था तथा सुशासन समितिसँग गरेको छलफल जारी रहेका बेला नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले यस विषयको छानबिन गर्नुपर्ने बताएका छन् । शर्माले यो विधेयक सच्याउने विषय आफ्नो ठाउमा भएपनि यो कसरी भयो भन्ने विषय छानबिन हुनुपर्ने आफुहरुको माग रहेको बताए । त्यस्तै नेकपा एमालेका सांसद पदम गिरीले कुलिङ पिरियडको विषयमा समितिले गरेको निर्णय विपरित संसदबाट पारित विधेयक देखिएको भन्दै यो आपत्तिजनक रहेको बताए ।
आइतबार प्रतिनिधि सभाबाट पारित भएको निजामती कर्मचारी विधेयकमा पेश भएको भन्दा अर्कै अर्थ लाग्ने गरि परिवर्तन भएको पाइएपछि यसले सिंगो संसदलाई नै तरंगित बनाएको छ । भने यसको छानबिन र सच्याउने विषयमा सभामुख घिमिरे समेत छलफल अगाडी बढाएका छन् ।