कुलिङ पिरियड छेडखानीमा आफु दोषी देखिए कारबाही भोग्न तयार
काठमाडौं । राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले निजामती विधेयकको कुलिङ पिरियडबारे भएको छेडखानीमा आफु दोषी देखिए कारबाी भोग्न तयार रहेको बताएका छन् ।
आज सभामुखसँग छलफलपछि बाहिरिने क्रममा सञ्चारकर्मीहरुसँग प्रतिक्रिया दिँदै उनले कसको गल्तीबाट ‘बाहेक’ शब्द थपिएको छ छानविन गरिनुपर्ने र त्यसमा आफू पनि संलग्न भेटिए कारबाही भोग्न तयार रहेको बताएका हुन् । ‘यो संसदमाथिको ठुलो प्रहार हो, यत्रो ठूलो मिस्टेक कानून बनाउने कुरामा कहीँ हुँदैन । त्यसमा हामी छानबिन गर्ने पक्षमा छौँ,’ उनले भने,
खतिवडाले भने ‘पहिला छानबिन गरौँ न, मेरो दोष देखिए म राजीनामा दिन तयार छु । तर छानबिन हुनुपर्छ, जोसुकै भए पनि ।’ उनले अब छानबिन गरेर यो विषयको टुङ्गो नलागेसम्म समितिको बैठक पनि नबस्ने बताएका छन् ।