नेपाल बैंकका कर्मचारी र ग्राहकलाई ‘लेट मि इन’ क्लिनिकमा ८ देखि १५ प्रतिशतसम्म छुट
काठमाण्डौं । नेपाल बैंक लिमिटेड र काठमाडौंको नयाँ बानेश्वरस्थित लेट मि इन प्रा.लि.बीच सेवाग्राहीलाई विशेष छुट दिने सम्झौता भएको छ । २०७२ असार १६ गते सम्पन्न उक्त समझदारी अनुसार बैंकमा कार्यरत कर्मचारीहरू र खातावाल ग्राहकहरूलाई क्लिनिकबाट प्रदान गरिने कोरियन प्रविधिमा आधारित सौन्दर्य तथा उपचार सेवामा विशेष छुट उपलब्ध गराइनेछ । सम्झौताअनुसार लेट मि इन प्रा.लि.ले उपलब्ध गराउँदै आएको विविध एस्थेटिक्स सेवा, छालासम्बन्धी उपचार, फेस थेरापी, स्किन रेजुभिनेशन लगायत सेवामा लाग्ने शुल्कमा ८ देखि १५ प्रतिशतसम्म छुट प्रदान गरिने बैंकले जानकारी दिएको छ ।
उक्त सम्झौतापत्रमा नेपाल बैंकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाशकुमार अधिकारी र लेट मि इन प्रा.लि.को तर्फबाट प्रबन्ध निर्देशक डोङ्ग सु माले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार अब नेपाल बैंक लिमिटेडका कर्मचारी तथा ग्राहकहरूले लेट मि इन क्लिनिकमा सेवा लिँदा यो छुट स्वचालित रूपमा प्राप्त गर्न सक्नेछन् । सहयोग विस्तारका लागि गरिएको यस प्रकारको साझेदारीले बैंक ग्राहक तथा कर्मचारीहरूको जीवनशैली र स्वास्थ्यमा थप सहजता ल्याउने विश्वास लिइएको छ ।