सर्वोच्चका नवनियुक्त तीन न्यायाधीशले लिए शपथ
काठमाडौं । सर्वोच्च अदालतका नवनियुक्त तीन जना न्यायाधीशले शपथ ग्रहण गरेका छन् ।
नवनियुक्त न्यायाधीशहरु मेघराज पोखरेल, श्रीकान्त पौडेल र शान्तिसिंह थापाले प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतसमक्ष आज पद तथा गोपानीयताको शपथ ग्रहण गरेका हुन् ।
न्याय परिषद्को सिफारिसका आधारमा उनीहरुलाई राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार सर्वोच्च अदालतको न्यायाधीश नियुक्त गरेका थिए ।