आफु निकट नेताहरू कारबाहीमा परेपछि इत्तर समुह आक्रोशित

काठमाडौं । अनुशाषनको नाममा आफु निकट नेताहरू माथी कारबाही गरिए पछि नेपाली कांग्रेसको संस्थापन इत्तर समुह आक्रोशित हुन पुगेको छ ।

अनुशाषन आयोगको नामवाट हिजो झन्डै दुई दर्जन नेता माथी कारबाही गरे पछि शेखर कोइरालाले आफ्नो समूहमा आबद्ध नेताहरूको आकस्मिक बैठक बोलाएका छन् । कोइरालाको वालुवाटारस्थित सम्पर्क कार्यालयमा सो बैठक बिहान देखि चलिरहेको छ । सो बैठकमा बैठकमा नेता कोइरालासहित उपसभापति धनराज गुरुङ, सहमहामन्त्री बद्री पाण्डे र जीवन परियार, पुर्व मन्त्रीहरू बलबहादुर केसी, सञ्जय गौतमलगायत सहभागी रहेका छन् ।

कांग्रेसको अनुशासन समितिले बुधबार लुम्बिनी प्रदेशका पार्टी महामन्त्री विक्रम खनाल, पूर्वमन्त्री कुमार खड्कासहितका २३ जनालाई अनुशासनको कारबाही गरेको जनाएको थियो। पार्टीको संस्थापन पक्षले बहुमतको आधारमा आफ्नो समूहका नेतालाई मात्रै कारबाही गरेको भन्दै इतर समूह असन्तुष्ट रहेको बेला यो आकस्मिक बैठक बसेको हो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *