‘लोकतन्त्र आइसकेपछि देशमा धेरै विकास भएको छ’

काठमाडौँ । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले लोकतन्त्र आइसकेपछि देशमा धेरै विकास भएको बताएका छन् ।

महानगर यातायात प्रा.लि.को विद्युतीय बस सेवा सञ्चालन कार्यक्रमलाई बुधवार सम्बोधन गर्दै उनले नेपाल अब विद्युतीय बस चढ्ने युगमा आइसकेको बताए । ‘हाम्रो देश पनि अब इभी मोटर चढ्ने युगमा आइसकेको छ । बाटोघाटो गाउँ गाउँमा पुगेको छ । बिजुली गाउँ गाउँमा पुगेको छ । हामीले पेट्रोल डिजेलमा अर्बौँ रुपैयाँ खर्च गरिसक्यौँ’ उनले भने, ‘अब आफ्नै फ्युल करेन्टबाट चढ्ने बेला आएको छ । यो एकदमै राम्रो हो ।’

उनले थपे, ‘लोकतन्त्र आएपछि धेरै डेभलपहरु मैले देखेको छु ।’ उनले नेपालले पेट्रोल डिजेलमा अर्बौँ रुपैयाँ खर्च गरिसकेको भन्दै विद्युतबाट चल्ने बसहरू सञ्चालन गर्ने कुरा राम्रो भएको बताए । श्रेष्ठले जोमसोममा मोटर जाला भन्ने आफूले कल्पनै नगरेको भए पनि पछिल्लो समय मोटरबाटै जोमसोम पुगेर आएको स्मरण गरे ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *