अहिराजलाई थुनामा पठाउन आदेश

काठमाडौँ । मधेस प्रदेशका पूर्वप्रमुख राजेश झा (अहिराज) लाई अदालतले पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको छ । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश पीताम्बर शर्माले उनलाई थुनामा पठाउन आदेश गरेका हुन् । जबरजस्ती करणी मुद्दामा अनुसन्धान गर्न प्रहरीले उनलाई साउन ४ मा पक्राउ गरेको थियो । २३ वर्षीया युवतीले आफूलाई अहिराजले बानेश्वरस्थित डेरामा आएर घाँटी र मुख थिचेर बलात्कार गरेको जाहेरी दिएकी थिइन् ।

बुधबार थुनछेक बहसपछि न्यायाधीशले उनलाई पुर्पक्षका लागि कारागार पठाउन आदेश गरेका हुन् । २०८१ जेठ ४ मा डेरामा आएर अहिराजले बलात्कार गरेको पीडित युवतीले दावी गरेकी थिइन् । अहिराजलाई पीडितले १७ वर्षको उमेरमा विराटनगरमा चिनेकी थिइन् । बलात्कार गरेपछि अहिराजले धम्की दिएको पीडितको भनाइ छ । ‘बलात्कार गरेपछि तँ मधेसी परिवारको छोरी होस यो घटना कसैलाई भनिस् भने तँलाई कसैले विवाह गर्दैन भन्नुभयो, पीडितले जाहेरीमा लेखेकी थिइन्, ‘त्यसपछि उजुरी नगर्न बारम्बार धम्की दिनु भो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *