साढे ४ अर्बको विद्युत् विदेश निर्यात गर्न सफल भयौँ : प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले यसवर्ष साढे ४ अर्बको विद्युत् विदेश निर्यात गर्न सरकार सफल भएको बताएका छन् । विगतमा बिजुलीको आम प्रयोगमा लोडसेडिङ हटे पनि उद्योगहरूमा विद्युत् कटौती गरिँदै आएकोमा अब उद्योगमा पनि विद्युत् प्रवाह बढाइएको उनले उल्लेख गरेका छन् । सामाजिक सञ्जालमा उनले लेखेका छन्– हामीले विद्युत् आयात परिमाण घटाउँदै लगेका छौँ। विगतमा बिजुलीको आम प्रयोगमा लोडसेडिङ हटे पनि उद्योगहरूमा विद्युत् कटौती गरिँदै आएकोमा अब उद्योगमा पनि विद्युत् प्रवाह बढाइएको छ। हामीले यसवर्ष साढे ४ अर्बको विद्युत् विदेश निर्यात गर्ने सफलता पाएका छौँ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *