सिटिजन्स क्यापिटलका २ म्युचुअल फण्डद्वारा लाभांश घोषणा

काठमाडौं । सिटिजन्स क्यापिटलको योजना व्यवस्थापनमा सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत सञ्चालित २ वटा म्युचुअल फण्डले लाभांश घोषणा गरेका छन्। क्यापिटलको सञ्चालक समिति बैठकले सिटिजन्स म्युचुअल फण्ड २ र सिटिजन्स सुपर ३० म्युचुअल फण्डको लाभांश घोषणा गरेको हो।

जसमध्ये सिटिजन्स म्युचुअल फन्ड २ का इकाइधनीहरुलाई गत वर्षको नाफाबाट करसहित ८.२५ प्रतिशत र सिटिजन्स सुपर ३० का इकाइधनीहरुलाई करसहित १२.७५ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो। त्यसैगरी, लाभांश वितरण प्रयोजनका लागि २ वटै फण्डले भदौ १३ गते बुक क्लोज गर्ने भएका छन्। यस अनुसार भदौ १२ गतेसम्म कायम इकाइधनीहरुले यी फण्डहरुले वितरण गर्ने नगद लाभांश प्राप्त गर्न सक्नेछन्।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *