काभ्रेमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

काभ्रे । अरनिको राजमार्गअन्तर्गत काभ्रेको पाँचखाल नगरपालिका वडा नं. ६ केराघारीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको ज्यान गएको छ । आज बिहान सिराहाबाट पाँचखाल जाँदै गरेको ना ७ ख ७२१४ नम्बरको ट्रकले ओभरटेक गर्ने क्रममा काठमाडौँबाट कोशीपारितर्फ जाँदै गरेको बा ९३ प ११७० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

ठक्करबाट घाइते भएका काभ्रेको चौरीदेउराली गाउँपालिका ८ घर भएका अन्दाजी ३५ वर्षीय रुपेश खरेलको मृत्यु भएको हो । खरेललाई उपचारका लागि धुलिखेल अस्पतालमा लगिएकोमा अस्पतालले मृत घोषणा गरेको प्रहरी चौकी पाँचखालका प्रहरी निरीक्षक प्रशान्त तामाङले जानकारी दिए । दुर्घटनापछि केहीबेर राजमार्ग अवरुद्ध भएकोमा अहिले पुन सञ्चालन भएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *