प्रधानमन्त्री ओलीले गरे चाउ संग्राहालयको अवलोकन

थियानजिन । प्रधानमन्त्री केपी शर्मा ओलीले चीनको थियानजिनस्थितमा पुगेर चीनका पूर्व प्रधानमन्त्री चाउ इनलाइको स्मृतिमा बनेको सङ्ग्राहालयको अवलोकन गरेका छन्।

प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार आइतबार बिहान चाउ इन्लाई र तेङ यिङ्चाओ स्मृति संग्रहालयको अवलोकन गरेका हुन्। यसअघि आइतबार बिहान ओलीले जिनान जिल्लाको सिआओझानस्थित धान उत्पादन विशेष क्षेत्रको भ्रमण गरेका हुन्।

शनिबार बिहान चीन पुगेका ओली अहिले जियानजिनमा रहेका छन्। साङ्घाई सहयोग सङ्गठन (एससीओ) को सम्मेलनमा भाग लिन चीनको थियानजिन सहर पुगेका प्रधानमन्त्री ओलीले शनिबार चिनियाँ राष्ट्रपति सी चीनफिङसँग प्रतिनिधिमण्डलसँग वार्ता गरिसकेका छन्।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *