दूध उत्पादक किसानहरुले काठमाडौंमा गरे प्रदर्शन, प्रदर्शनमा प्रहरीको हस्तक्षेप
काठमाडौं । दूध उत्पादक किसानहरुले काठमाडौंमा गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ । लै
नचौरस्थित दुग्ध विकास संस्थान (डिडिसी) को कार्यालय अगाडि प्रदर्शनमा उत्रिएका किसानहरुमाथि प्रहरीले हस्तक्षेप गरेको हो । सो क्रममा केहीबेर प्रहरी र प्रदर्शनकारीबीच घम्साघम्सी समेत भएको थियो । किसानहरुले दुग्ध विकास संस्थान लगायतका सम्बन्धित निकायलाई दूधको मूल्य भुक्तानीका बारेमा पटक–पटक ध्यानाकर्षण गराउँदै आएका थिए ।
तर, उनीहरुको माग सम्बोधन नभएपछि अखिल नेपाल किसान महासंघको अगुवाइमा किसानहरुले डिडिसीको कार्यालय अगाडि प्रदर्शनसहित धर्ना दिन खोजेका थिए ।
















