ग्वार्कोमा भिजी सुजुकीको शोरूम
काठमाण्डौं । सुजुकी दुई पांग्रे सवारी साधनको अधिकृत वितरक भिजी अटोमोबाइल्स प्रालिले भिजी सुजुकीको नयाँ शोरूमको उद्घाटन गरेको छ। यो शोरूम ललितपुरस्थित ग्वार्को चोक नजिक रहेको छ।
शोरूमको उद्घाटन भिजी अटोमोबाइल्स प्रालिका महाप्रबन्धक पारस जैनले गरे। शोरूम उद्घाटनको अवसरमा कम्पनीले ५० हजारमूल्य बराबरको थप एक्सचेन्ज मूल्याङ्कन (छानिएका मोडलहरूमा मात्र लागू हुने) सुविधा दिएको छ। ग्राहकहरू उक्त शोरुम भ्रमण गरी सुजुकी मोटरसाइकल र स्कूटरहरूको विविधता अवलोकन गर्नुका साथै खरिद गर्न सक्ने छन्।