कांग्रेस, एमाले, माओवादीका युवा सांसद छलफलमा

काठमाडौं । नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी) केन्द्रका सांसद छलफलमा जुटेका छन् । जंगी अड्डाबाट प्रधानमन्त्री छान्ने कुरा गलत भएको भन्दै संयुक्त वक्तव्य जारी गर्ने गरी सांसदहरू छलफलमा जुटेका हुन् । कांग्रेस सांसदहरू रामहरि खतिवडा, एमाले सांसदहरू योगेश भट्टराई, सूर्य थापा, ठाकुर गैरे, माओवादी सांसदहरू माधव सापकोटा, राजन दाहाल, अमनलाल मोदी लगायतबीच छलफल भएको हो । उनीहरू भर्चुअल माध्यमबाट छलफलमा जुटेका हुन् । संवैधानिक बाटोबाटै गर्नुपर्छ । जंगी अड्डाबाट प्रधानमन्त्री बनाउने विषय गलत छ । संयुक्त वक्तव्य निकालौँ भनेर युवा सांसदहरूबीच छलफल गरिरहेका छौँ । निर्णय भइसकेको छैन, छलफलमा सहभागी एक सांसदले भने ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *