धाक-धम्की लुटपाटमा रास्वपा कोही संलग्न भए कारबाही गर्ने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले धाक-धम्की लुटपाटमा रास्वपा सदस्य कोही संलग्न भएको प्रमाण भेटिएमा उपलब्ध गराउन अनुरोध गरेको छ ।

पार्टीका सहमहामन्त्री एवम संगठन विभाग प्रमुख गणेश धिमालले आइतबार विज्ञप्ति जारी गर्दै जेनजी आन्दोलनका क्रममा धाक-धम्की लुटपाटमा रास्वपा सदस्य कोही संलग्न भएको प्रमाण भेटिएमा प्रशासनलाई उपलब्ध गराउन अनुरोध गर्दै आवश्यक कानूनी कारबाही गर्न सहयोग गर्ने बताएको छ ।

जेनजी आन्दोलनका क्रममा रास्वपाका कार्यकर्ताको व्यापक घुसपैठ भएरको तोडफोड र आगजनीमा संलग्न भएको आरोप आमरुपमा लागेपछि रास्वपाले यस्तो आग्रह गरेको हो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *