जिल्ला प्रशासन कार्यालय काठमाडौं सरसफाइमा शिवम् सिमेन्ट
काठमाडौं । हालैको जेनजी आन्दोलनपछि काठमाडौंमा भएका आगजनी तथा तोडफोडका कारण सिर्जित असुविधा र अव्यवस्था व्यवस्थापनका लागि शिवम् सिमेन्टले सरसफाइ कार्यक्रम सुरु गरेको छ । कम्पनीले आज जिल्ला प्रशासन कार्यालय काठमाडौंसँग समन्वय गर्दै जिल्ला प्रशासन कार्यालय सरसफाइ गर्नुका साथै दैनिक कार्य सञ्चालन सहज बनाउन आवश्यक फर्निचर समेत सहयोग गरेको छ । कम्पनीका अनुसार वर्तमान विषम परिस्थितिमा आवश्यक सहयोग र श्रमदान प्रदान गर्दै आगामी दिनमा समेत निरन्तर श्रमदान तथा सरसफाइ कार्यक्रम सञ्चालन गरिने छ । शिवम् सिमेन्टले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत समुदाय र सहर व्यवस्थित र सफा बनाउन योगदान दिन प्रतिबद्ध रहेको जनाएको छ । वर्तमान परिस्थितिमा समुदाय र सहर पुनर्निर्माणका लागि सहयोग र श्रमदान गर्नु आफ्नो कर्तव्य भएको कम्पनीको भनाइ छ ।