जेनजी आन्दोलनपछि २१ अर्बको बिमा दाबी, हिल्टनको बिमा गरेको ओरियन्टलले सर्वाधिक तिर्नुपर्ने

काठमाडौं । जेनजी आन्दोलनका क्रममा भएको लुटपाट, तोडफोड र आगजनीपछि २० अर्ब ७० करोड ३८ लाख १४ हजार ४८२ रुपैयाँको बीमा दाबी परेको छ । नेपाल बीमा प्राधिकरणका अनुसार भदौ ३१ गतेसम्म १ हजार ९ सय ८४ वटा बीमा दाबी परेको हो । तीमध्ये सबैभन्दा बढी दाबी द ओरियन्टल इन्स्योरेन्स कम्पनीमा परेको छ । कम्पनीमा ५ अर्ब १४ करोड ७९ लाख ६५ हजार रुपैयाँबराबरको ४० वटा बीमा दाबी परेको हो । ठूलो क्षति भएको हिल्टन होटलको बिमा पनि यसै कम्पनीमा परेको थियो । दोस्रो धेरै दाबी सिद्धार्थ प्रिमियर र तेस्रो धेरै शिखर इन्स्योरेन्समा परेको थियो । सबैभन्दा बढी बिमा दाबी शिखरमा ३ सय ६६ वटा परेको छ । जेनजी आन्दोलन र त्यसपछि कयौं भौतिक संरचनामा क्षति पुगेको थियो भने हजारौंको संख्यामा सवारसाधन पनि तोडफोड र आगजनी भएको थियो ।
कुन इन्स्योरेन्स कम्पनीमा कतिको पर्‍यो दाबी ?

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *