काठमाडौं महानगरले वितरण गर्‍यो ३५ एम्बुलेन्स

काठमाडौं । काठमाडौं महानगरपालिकाले दुर्गम क्षेत्रका गाउँपालिकालाई एम्बुलेन्स वितरण गरेको छ । मंगलबार पहिलो चरणमा देशभरिका दुर्गम तथा मापदण्डका आधारमा छनोट गरिएका ३५ गाउँपालिकालाई एम्बुलेन्स वितरण गरिएको काठमाडौं महानगरका स्वास्थ्य विभाग प्रमुख दीपककुमार केसीले जानकारी दिए । उनका अनुसार, एम्बुलेन्स वितरणका लागि आवेदन माग गरिएकामा विभिन्न स्थानीय तहबाट आएको आवेदनलाई हेर्दै मापदण्डका आधारमा सुविधासम्पन्न एम्बुलेन्स उपलब्ध गराइएको हो । एम्बुलेन्स वितरण गर्दा सातै प्रदेशलाई समावेश गरिएको उनको भनाइ छ । एम्बुलेन्स वितरणका लागि पारदर्शी मापदण्ड बनाएर स्वास्थ्य सुविधा अभावमा पिछडिएका स्थानलाई प्राथमिकता दिइएको महानगरले जनाएको छ ।
कुन कुनले पाए ?

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *