सुजुकीका मोटरसाइकल र स्कुटरमा ५० हजारसम्म छुट
काठमाडौँ। सुजुकी मोटरसाइकल तथा स्कुटर खरिदमा ग्राहकले दशैंको अवसरमा ठूलो छुट पाउने भएका छन्। नेपालका लागि सुजुकीको आधिकारिक वितरक भीजी अटोमोबाइलले ‘दशैंसँगै मिलन र प्रगतिको यात्रा’ अफर अन्तर्गत ग्राहकलाई विशेष सुविधा उपलब्ध गराउने जानकारी दिएको छ। यस अफर अनुसार ग्राहकले नयाँ मोटरसाइकल वा स्कुटर खरिद गर्दा ५० हजार रुपैयाँसम्म नगद छुट पाउने छन्। साथै, पुराना सवारी साधन एक्सचेन्ज गर्दा थप आकर्षक बोनस पनि प्राप्त हुने कम्पनीले जनाएको छ।
ग्राहकले जुनसुकै ब्राण्डका पुराना सवारी साधन एक्सचेन्ज गर्न सक्नेछन्। विशेष रूपमा, एभीनिस स्कुटरमा १० हजार रुपैयाँ र जिक्सर मोटरसाइकलमा ७ हजार रुपैयाँ अतिरिक्त एक्सचेन्ज बोनस दिइनेछ। साथै, नयाँ सवारी खरिद गर्ने ग्राहकलाई ० प्रतिशत ब्याजमा फाइनान्स सुविधासहित इजी ईएमआई योजना पनि उपलब्ध छ। यसका अतिरिक्त, ग्राहकलाई सर्भिसिङमा पनि विशेष सुविधा दिइनेछ। जसमा फास्ट ट्रयाक सर्भिस, फ्री वास भौचर, फ्री एफआई सिस्टम चेकअप, र एएमसी स्किमजस्ता सुविधा समावेश छन्।