सिप्रदी ट्रेडिङको ‘शानदार दशैं-तिहार अफर’, टाटा गाडीमा ५ लाखसम्म छुट, माल्दिभ्स ट्रिप जित्ने अवसर

काठमाडौं । दशैं र तिहारको अवसरलाई अझ विशेष बनाउन टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले ‘शानदार दशैं–तिहार अफर’ सार्वजनिक गरेको छ । अफरअन्तर्गत कम्पनीले आफ्ना लोकप्रिय इलेक्ट्रिक तथा पेट्रोल–डिजेल मोडेलमा विशेष छुट, निःशुल्क सुविधा र आकर्षक उपहारसमेत प्रदान गर्ने जनाएको छ । ग्राहकहरूले टियागो.ईभी, पञ्च.ईभी, नेक्सन के३ ईभी र कर्भ ईभीजस्ता नयाँ पुस्ताका विद्युतीय गाडी छनोट गर्न सक्नेछन् । यी मोडेलहरूमा जीवनभर निःशुल्क डीसी फास्ट चार्जिङ, निःशुल्क होम चार्जिङ इन्स्टलेसन, एक वर्षको सवारी कर छुट, बीमा कवरेज, निःशुल्क इम्बोस्ड नम्बर प्लेट र विभिन्न एक्सेसोरिज उपहारसमेत उपलब्ध हुनेछन् ।

साथै, लक्की ड्रमार्फत भाग्यशाली ग्राहकलाई माल्दिभ्सको कपल ट्रिपको अवसरसमेत प्राप्त हुनेछ । यसैगरी, टियागो, पञ्च, नेक्सन र सफारीजस्ता पेट्रोल र डिजेल गाडी रोज्ने ग्राहकका लागि पनि उत्तिकै आकर्षक योजना छ । नगद छुट, उत्कृष्ट एक्सचेन्ज मूल्यांकन, एक वर्षको सवारी कर छुट, इम्बोस्ड नम्बर प्लेट र एक्सेसोरिज उपहारमार्फत ग्राहकलाई थप लाभ दिलाइने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार, यस अफरमार्फत ग्राहकले नगद छुटमै पाँच लाख रुपैयाँसम्मको लाभ लिन सक्नेछन् । अफर सिप्रदी ट्रेडिङका देशभरका सबै शोरुममार्फत उपलब्ध छ, जसले पर्वको रमाइलोमा ग्राहकलाई नयाँ उत्साह र अनुभव दिने विश्वास कम्पनीले व्यक्त गरेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *