आज लक्ष्मीपूजा: धन, ऐश्वर्य र समृद्धिकी देवीको आराधना गरिँदै

काठमाडौँ । आज यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन साँझमा धन, ऐश्वर्य र सम्पन्नताकी अधिष्ठात्री देवी लक्ष्मीको भक्तिपूर्वक पूजा आराधना गरी लक्ष्मीपूजा मनाइँदै छ । लक्ष्मीलाई धन र समृद्धिको देवी मानिन्छ । धार्मिक विश्वासअनुसार सफासुग्घर र लिपपोत नगरिएको घरमा लक्ष्मीले बास गर्दिनन्, त्यसैले आज बिहानै उठेर घर, आँगन, झ्यालढोका र सम्पूर्ण घरपरिवार सफा गरी फूलमालाले सजाउने चलन रहेको छ । यस दिन श्रद्धालुहरू दिनभर उपवास बसेर बेलुका दीपावली गरेर नुहाइधुवाई गरी धनलक्ष्मी, धान्यलक्ष्मी, गजलक्ष्मी, सन्तानलक्ष्मी, विद्यालक्ष्मी, विजयलक्ष्मी, ऐश्वर्यलक्ष्मी र धैर्यलक्ष्मीका रूपमा देवीको पूजा आराधना गर्छन् । स्कन्द पुराण, पद्य पुराण र विष्णु पुराणमा उल्लेख भएअनुसार यी आठ रूपहरूले जीवनका आर्थिक, ज्ञान, शक्ति, परिवार, सफलता, धैर्य, खेती र विजयका पक्षहरूलाई प्रतिनिधित्व गर्छन् । कात्तिक कृष्ण औँसीको रातलाई ‘सुखरात्रि’ पनि भनिन्छ । यस दिन बेलुका आँगनदेखि मूलढोका हुँदै पूजा कोठासम्म गाईको गोबर र रातो माटाले लिपपोत गरेर चामलको पीठो र अबीरले लक्ष्मीको पाइला बनाइन्छ । पाइलैपिच्छे केराको सुत्लो वा माटाको पालामा दियो बालेर लक्ष्मीको आगमनको बाटो देखाइन्छ । दीपावली गरेपछि पूजा कोठामा लक्ष्मी, गणेश र कलश स्थापना गरी सुनचाँदीका गरगहना, पैसा, धान, चामल, फलफूल, सेलरोटी र फूलमाला अर्पण गरेर विधिपूर्वक पूजा गरिन्छ । आरती र मन्त्र उच्चारणपछि परिवारका सबै सदस्यले फलफूल र मिठाई प्रसादस्वरूप ग्रहण गर्छन् । कन्या र छोरी चेलीलाई लक्ष्मीको प्रतीक मानी पूजा गरी दक्षिणा दिने प्रचलन पनि छ । घरमा लक्ष्मीपूजा सकेपछि धन, पैसा वा कुनै सामान बाहिर पठाउने परम्परा छैन, किनभने यसो गर्दा लक्ष्मी बाहिर जाने विश्वास गरिएको छ । मध्यरातमा घरका नारीहरूले नाङ्लो ठटाएर ‘अलक्ष्मी भागोस्, लक्ष्मी र धनधान्यको आगमन होस्’ भनेर कामना गर्ने शास्त्रीय विधि पालन गरिन्छ । धार्मिक ग्रन्थअनुसार समुद्र मन्थनको समयमा लक्ष्मीदेवी अमृत कलश हातमा लिएर प्रकट भएकी थिइन्, र त्यो दिन यही कार्तिक औँसीको रात परेकाले यसै दिनदेखि लक्ष्मीपूजाको परम्परा सुरु भएको हो । लक्ष्मी धनकी मात्र होइन, शुद्धता, सकारात्मकता र कर्मशीलताको प्रतीक समेत मानिन्छिन् । त्यसैले लक्ष्मीपूजा आत्मिक र आध्यात्मिक दुवै दृष्टिले अत्यन्त महत्त्वपूर्ण पर्व हो ।
पूजामा आवश्यक सामग्रीहरू
कलश, धूप, दीप, फूल, अक्षता, फलफूल, मिठाई, धान, सिक्का, नयाँ नोट, तस्बिर, पान सुपारी, रङ्गोलीको रङ आदि ।

मन्त्र

“ॐ श्रीं ह्रीं क्लीं महालक्ष्म्यै नमः” वा
“ॐ महालक्ष्म्यै च विद्महे, विष्णुपत्नी च धीमहि, तन्नो लक्ष्मीः प्रचोदयात् ।”

लक्ष्मीपूजा संकल्प
पूर्णसंकल्प सिद्धिरस्तु…..गोत्रोपन्न सपपरिवारोऽहो हं मम श्रुतिस्मृतिपुराणोक्तफलप्राप्तीद्धारा माहालक्ष्मी प्रशन्नद्धारा अप्राप्तलक्ष्मीप्राप्त्र्थं प्राप्तलक्ष्मीचिरकालपर्यन्तं स्थातुम् अस्यां सुखरात्यां महालक्ष्म्या इन्द्रकुबेरयोश्च पूजनमहं करिष्ये ।
यसपछि ॐ मनोजूति ईत्यादि मन्त्रले ईन्द्र,कुबर र लक्ष्मीको प्राणप्रतिष्ठा गरेपछि निम्नअनुशार षोडशोपचार पूजा गर्नु पर्दछ ।
ॐ अमलकमलसस्था–तद्रजःपुञ्जवर्णा ।
करकमलधृतेष्टा भीतियुग्माम्बुजा च ।।
मणिमुकुट बित्रलङकृता कल्पजालै ।
र्भवतु भुवनमाता सन्ततं श्रीःश्रियै नमः
१ ध्यान समर्पयामि,लक्ष्मै नमः
२ आसन समर्पयामि,लक्ष्मै नमः
३ पाद्यं समर्पयामि,लक्ष्मै नमः
४ अर्घम् समर्पयामि,लक्ष्मै नमः
५ आचमनीयं समर्पयामि,लक्ष्मै नमः
६ स्नानीयं समर्पयामि,लक्ष्मै नमः
७ पञ्चामृतस्नानं समर्पयामि,लक्ष्मै नमः
८ शुद्धोदकस्नानंसमर्पयामि,लक्ष्मै नमः
९ वस्त्र,यज्ञोपवितं उपवस्त्रं च समर्पयामि,लक्ष्मै नमः
१० श्रीखण्डादी चन्दन समर्पयामि,लक्ष्मै नमः
११ अक्षतान् समर्पयामि,लक्ष्मै नमः
१२ पुष्पं,पुष्पमाता,दूवाङकुरान् , समर्पयामि,लक्ष्मै नमः
१३ नानाविद्यानि नैवेद्यानि,फलानी च समर्पयामि,लक्ष्मै नमः आचमनियं च समर्पयामि,लक्ष्मै नमः
१४ ऋतुफलं ताम्बुलं च समर्पयामि,लक्ष्मै नमः सुगन्धिद्रव्य समर्पयामि,लक्ष्मै नमः
१५ न्यूनतातिरिक्तय द्रव्यदक्षिाण समर्पयामि,लक्ष्मै नमः
१६ यसपछि धूप दीप गरेर
धूप आघ्रापयामि,दीपं च दर्शयामी,लक्ष्मै नमः
१७ लक्ष्मीका विशेष अलंकार,सौभाग्य,सिन्दुर,टीका,मंगलसुत्र,छाता,चमर,चरणपादुखा,पंखा,ऐना आदि चढाउने ।
सौभाग्द्रव्याणि समर्पयामि,लक्ष्मै नमः
१८ आरती, पूष्पाञ्जलीं, प्रदक्षिणां, क्षमापनं च समर्पयामि, लक्ष्मै नमः

संस्कृत श्लोक उच्चारण गर्न सक्ने कर्ताको लागि निम्नानुसार को श्री सूक्त मन्त्र वाचन गर्न सकिन्छ

श्री सूक्त मन्त्र

ॐ हिरण्यवर्णां हरिणीं, सुवर्णरजतस्त्रजाम् ।
चन्द्रां हिरण्मयीं लक्ष्मीं, जातवेदो म आ वह ।।१।।

तां म आ वह जातवेदो, लक्ष्मीमनपगामिनीम् ।
यस्यां हिरण्यं विन्देयं, गामश्वं पुरूषानहम् ।।२।।

अश्वपूर्वां रथमध्यां, हस्तिनादप्रमोदिनीम् ।
श्रियं देवीमुप ह्वये, श्रीर्मा देवी जुषताम् ।।३।।

कां सोस्मितां हिरण्यप्राकारामार्द्रां ज्वलन्तीं तृप्तां तर्पयन्तीम् ।
पद्मेस्थितां पद्मवर्णां तामिहोप ह्वये श्रियम् ।।४।।

चन्द्रां प्रभासां यशसा ज्वलन्तीं श्रियं लोके देवजुष्टामुदाराम् ।
तां पद्मिनीमीं शरणं प्र पद्ये अलक्ष्मीर्मे नश्यतां त्वां वृणे ।।५।।

आदित्यवर्णे तपसोऽधि जातो वनस्पतिस्तव वृक्षोऽक्ष बिल्वः ।
तस्य फलानि तपसा नुदन्तु या अन्तरा याश्च बाह्या अलक्ष्मीः ।।६।।

उपैतु मां दैवसखः, कीर्तिश्च मणिना सह ।
प्रादुर्भूतोऽस्मि राष्ट्रेऽस्मिन्, कीर्तिमृद्धिं ददातु मे ।।७।।

क्षुत्पिपासामलां ज्येष्ठामलक्ष्मीं नाशयाम्यहम् ।
अभूतिमसमृद्धिं च, सर्वां निर्णुद मे गृहात् ।।८।।

गन्धद्वारां दुराधर्षां, नित्यपुष्टां करीषिणीम् ।
ईश्वरीं सर्वभूतानां, तामिहोप ह्वये श्रियम् ।।९।।

मनसः काममाकूतिं, वाचः सत्यमशीमहि ।
पशूनां रूपमन्नस्य, मयि श्रीः श्रयतां यशः।।१०।।

कर्दमेन प्रजा भूता मयि सम्भव कर्दम ।
श्रियं वासय मे कुले मातरं पद्ममालिनीम् ।।११।।

आपः सृजन्तु स्निग्धानि चिक्लीत वस मे गृहे ।
नि च देवीं मातरं श्रियं वासय मे कुले ।।१२।।

आर्द्रां पुष्करिणीं पुष्टिं पिंगलां पद्ममालिनीम् ।
चन्द्रां हिरण्मयीं लक्ष्मीं, जातवेदो म आ वह ।।१३।।

आर्द्रां य करिणीं यष्टिं सुवर्णां हेममालिनीम् ।
सूर्यां हिरण्मयीं लक्ष्मीं जातवेदो म आ वह ।। १४।।

तां म आ वह जातवेदो लक्ष्मीमनपगामिनीम् ।
यस्यां हिरण्यं प्रभूतं गावो दास्योऽश्वान् विन्देयं पुरुषानहम् ।।१५।।

यः शुचिः प्रयतो भूत्वा जुहुयादाज्यमन्वहम् ।
सूक्तं पंचदशर्चं च श्रीकामः सततं जपेत् ।। १६

लक्ष्मीपूजाको रात भैलो खेल्ने परम्परा पनि रहेको छ । यो परम्परा भगवान् विष्णु र राजा बलीको कथासँग सम्बन्धित छ । कथाअनुसार वामन अवतारधारी भगवान् विष्णुले दानवीर राजा बलीसँग तीन पाउ जमिन माग्दा बलीले आफ्नो सम्पूर्ण राज्य अर्पण गरेका थिए । विष्णु प्रसन्न भई उनलाई तिहारको दिनमा आफ्ना प्रजामाझ आउने अनुमति दिए । त्यस सम्झनामा लक्ष्मीपूजाको रात “बलिराजको भलो होस्” भन्ने भावना व्यक्त गर्दै भैलो खेल्ने परम्परा सुरु भएको हो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *