रिलायबल नेपाल लाइफ भद्रपुर शाखाद्वारा बीमितलाई घरमै गएर दावी भुक्तानी हस्तान्तरण
काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेड बीमा दावी भुक्तानी गरेको छ । कम्पनीको भद्रपुर शाखाले भद्रपुर–७, झापाकी बीमित पुष्पा देवी हजाम (गनगाई) लाई अशक्तता बापत एकमुष्ट बीमाङ्क रकम तीन लाख रुपैयाँ घरमै गएर हस्तान्तरण गरेको हो। भद्रपुर शाखा प्रमुख भुपाल घिमिरेका अनुसार बीमित हजामलाई पूर्ण अशक्तता बापत सम्पूर्ण बीमाङ्क रकम भुक्तानी गरिएको र आगामी दिनमा तिर्नुपर्ने बीमाशुल्क समेत छुट गरिएको छ।
भुक्तानी कार्यक्रममा शाखा प्रमुख भुपाल घिमिरे, स्टार एजेन्सी म्यानेजर एमडीआरटी बाबुराम अधिकारि, चिफ एजेन्सी मेनेजर एमडीआरटी पूर्ण प्रसाद लिम्बु, डिभिजनल एजेन्सी म्यानेजर एमडीआरटी कृष्ण लाल मेचे लगायत अन्य कर्मचारीको उपस्थिति थियो। कार्यक्रममा बोल्दै स्टार एजेन्सी म्यानेजर बाबुराम अधिकारीले जीवन बीमा केवल आर्थिक सुरक्षा मात्र नभई कठिन समयमा आत्मविश्वास प्रदान गर्ने माध्यम भएको बताए। उनले यस्ता योजनाबाट आकस्मिक समस्या आएमा बीमित परिवारलाई ठूलो राहत मिल्ने भएकाले समयमै सबैले बीमा गर्न र गराउनुपर्नेमा जोड दिए।
















