कृषि विकास बैंकद्धारा श्री चण्डिका देवी माध्यामिक विद्यालयलाई सहयोग

काठमाडौं । कृषि विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमलाई निरन्तरता दिँदै श्री चण्डिका देवी माध्यामिक विद्यालयलाई महत्त्वपूर्ण सहयोग प्रदान गरेको छ। बैंकले मिति २०८२ कार्तिक २५ गतेका दिन चन्द्रागिरी २, बाडभञ्झ्याङ, काठमाण्डौस्थित श्री चण्डिका देवी माध्यामिक विद्यालयलाई विद्यालय भवन मर्मत तथा रंगरोगन कार्यका लागि नगद एकलाख बराबरको आर्थिक सहयोग गरेको हो। शैक्षिक संस्थाको भौतिक पूर्वाधार सुधारमा सहयोग पुर्‍याउने उद्देश्यका साथ बैंकले यो रकम हस्तान्तरण गरेको जनाएको छ। गुणस्तरीय शिक्षाका लागि सुरक्षित र सुन्दर वातावरण आवश्यक रहेको कुरामा बैंक विश्वस्त छ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *