नेपाल अन्तर्राष्ट्रिय शक्तिको खेल मैदान

सुगौली सम्धीपछि बनेको नेपालको विभाजनका लागि पटक–पटक प्रयास हुँदै आएको छ । त्यसमा राष्ट्रिय–अन्तर्राष्ट्रिय शक्ति हात धोएर लागिपरेका छन् । नेपाली एकता, अखण्डता र विकासको विरुद्ध विदेशीको चाहना रहेको कुरा घटनाक्रमले पटक–पटक प्रस्ट सङ्केत गरिरहेका छन् । नेपाललाई विभाजन गर्ने प्रायोजनकै लागि आन्तरिक गडबडी, द्वन्द्व र हिंसात्मक घटना घटाउन नेपाल विरोधी शक्तिहरूले अकुत सम्पत्ति खर्च गरिरहेका छन् । त्यसका लागि बेला बखत कृत्रिम पात्रको सिर्जना पनि भइरहेको छ । पछिल्लो पटक गोपाल गुरुङ नाम गरेको पात्रलाई प्रयोग गरियो तर उनले प्रभावकारी रूपमा भूमिका निभाउन नसकेपछि प्रचण्डहरूलाई प्रयोग गरियो । प्रचण्डहरूको स्वतन्त्रता र मुक्तिको नाराले निकै ठुलो काम पनि ग¥यो । राष्ट्रिय अन्तर्राष्ट्रिय डिजाइनमा प्रचण्डहरूले चलाएको हिंसात्मक द्वन्द्वले शान्त र सुदृढ नेपालको जग नै खलबल्यायो हिंसा त्यागेर शान्तिपूर्ण राजनीतिमा आउने बेला माओवादीले नेपालमा विदेशी हस्तक्षेपलाई संस्थागत रूपमै भित्र्यायो संयुक्त राष्ट्रसङ्घको उपस्थिति नभई शान्तिपूर्ण बाटोमा नआउने भनेर उसले अनमिनलाई बोलायो र नेपाली सेना समेतलाई आफ्नो मातहतमा राख्न अनमिनलाई अनुरोध ग¥यो । माओवादीको आग्रहमै एउटा स्वतन्त्र एवं सार्वभौमसत्ता सम्पन्न देशको सेनालाई अनमिनको जानकारी विना ब्यारेक भन्दा ५ किलोमिटर भन्दा टाढा जान नपाउने बन्देज लगायो । त्यो नेपालको स्वतन्त्रता र सार्वभौमिकता माथिको खुलेआम नाङ्गो हस्तक्षेप थियो । नेपालमा बसुन्जेल अनमिन प्रमुख मोरियाटीकै निर्देशनमा यहाँको सहिष्णुता, शान्ति, अमन चयन र समृद्धिमाथि निरन्तर आक्रमण भइरह्यो नेपाली समाजमा मिलेर बसेका जातजातिबिच द्वन्द्व गराउने, विदेशी लगानीमा अनमिनकै घोषित निर्देशन नै जातीय द्वन्द्व चर्काउने काम भयो । त्यसअघि नेपालमाथि भारत–अङ्ग्रेजको मात्रै स्वार्थले काम गथ्र्यो, अङ्ग्रेजकै इसारामा राणाहरू चल्थे । राणा शासनको अन्त्यपछि स्वतन्त्र र सार्वभौम सत्ता सम्पन्न मुलुक नेपाललाई भारतीय शासक गुटले आफ्नो एउटा प्रान्तलाई जसरी व्यवहार गर्न थाल्यो । त्यो काम पनि नेपाली शासकहरूको नालायकी र लाचारपनका कारण भएको थियो । नेपालको भूराजनीतिक अवस्थिति र सामयिक महत्वका कारण कालान्तरमा यसलाई संसारभरि नै यसलाई चनाखो रूपमा हेर्न थालियो । माओवादी हिंसापछि त नेपाल अन्तर्राष्ट्रिय शक्ति केन्द्रहरूको खेल मैदान नै परिणत भयो । अहिले नेपाललाई टुक्र्याउन, छिन्नभिन्न पार्न र आफ्नो स्वार्थपूर्ति गर्न भारत र पश्चिमा शक्तिहरू विशेष सक्रिय छन् । तिनको ध्यान नेपाललाई आधार बनाएर चीनको गुप्तचरी गर्नु, उसलाई कमजोर पार्नु र आवश्यक परे आक्रमणको आधार शिविर बनाएर कदम चाल्नु रहेको छ । पछिल्लो पल्ट नेपाललाई विखण्डन गर्न प्रयोग हुनेमा सिके राउतत प्रमुख पात्रको रूपमा देखा परेका छन् ।

अमेरिका बस्दै आएका उनले नेपालको तराई प्रदेशलाई सिङ्गो नेपालबाट अलग्याउने घोषणा साथ नेपाल प्रवेश गरेका थिए त्यस बेला उनले ‘नेपाल मेरो जन्मभूमि होइन’ ‘मेरो जन्म भूमि त मधेस हो’ भनेर खुलेआम दाबी गरेका थिए । खड्ग ओली प्रधानमन्त्री भएको बेला राउतले नेपालको अस्तित्वलाई स्वीकार गर्दै पार्टी खोलेर शान्तिपूर्ण रूपमा काम गर्न स्वीकार गरेर सोही अनुरूप जनमत पार्टी गठन गरी चुनाव लडे । त्यसबिचमा उनको दल पटक पटक सत्तामा पनि गयो । अब राउत र उनको समूह मूल धारमा प्रवेश गरे भन्ने विश्वास जनतामा भइसकेपछि हालै उनले मधेस प्रदेशको सरकार गठनको प्रसङ्गलाई इङ्गित गर्दै तराईलाई स्वायत्त घोषणा गरेर अघि बढ्न आव्हान गरेका छन् । उनले यही उपयुक्त अवसर हो भनेर दाबी पनि गरेका छन् । यो उनको असली चरित्र हो । उनको नेपाली मुखुण्डो उत्रिएको छ र विखण्डनवादी चेहरा प्रकट भएको छ । राउत अभिव्यक्तिपछि नेपालको राष्ट्रियता, सार्वभौमिकता र अखण्डता कति नाजुक स्थितिमा पुगेको रहेछ भन्ने प्रस्ट देखिएको छ । हुन त सत्ताका लागि जे पनि गर्न तयार हुने नेपाली नेताहरूले यो मुद्दालाई त्यही गम्भीर रूपमा लिएका छैनन् तर देशभक्त नेपालीहरूलाई भने यसले निकै गम्भीर बनाएको छ । यदि समय न घर्कँदै बुद्धि पुर्याइएन भने यस्तै घटनाहरूले नेपालको अस्तित्व समाप्त पार्ने निश्चित छ । भाद्र २३ र २४ को विध्वंस पनि नेपाललाई समाप्त पार्ने षड्यन्त्रकै एउटा कडी थियो । राउतको अभिव्यक्ति पनि त्यसकै निरन्तरता हो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *