एनपीएलमा काठमाडौंसँग भिड्दै कर्णाली

काठमाडौं । त्रिवि क्रिकेट रंगशालामा जारी दोस्रो संस्करणको सिद्धार्थ बैक नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट अन्तर्गत आज कर्णाली याक्स र काठमाडौं गोर्खाज भिड्दैछन् । खेल अपराह्न ३ः३० बजे हुनेछ । सोमपाल कामीको कप्तानीमा चारवटा प्रतियोगितामा सहभागी कर्णाली याक्सले एउटामात्र खेल जितेको छ ।

दुई अंकका साथ कर्णाली छैटौँ स्थानमा छ । प्लेअफको यात्रामा रहिरहन उसलाई आज जित्नैपर्ने बाध्यता छ । करण केसीको नेतृत्वमा रहेको काठमाडौं पाँच खेलमा विजयी भएर तेस्रो स्थानमा छ । प्लेअफको यात्रामा पुग्न काठमाडौंका लागि पनि यो खेल महत्त्वपूर्ण छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *