आज सुनको मूल्य घट्यो
काठमाडौं । नेपाली बजारमा बिहीबार (आज) सुनको मूल्य घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुन प्रतितोला ८०० रुपैयाँले घटेर प्रतितोला दुई लाख ५३ हजार ३०० रुपैयाँ कायम भएको हो । बुधबार सुनको मूल्य २ लाख ५४ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।यस्तै, चाँदीको मूल्य पनि तोलामा ३० रुपैयाँ घटेको छ । महासंघका अनुसार बिहीबार चाँदीको मूल्य तीन हजार ६२५ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन तीन हजार ६५५ रुपैयाँ थियो ।
















