मुलुक अनन्त हिंसाको दलदलमा फस्यो

काठमाण्डौं । माओवादी हिंसाले भित्र्याएको आतंकवादले यतिबेला खतरनाक रुप लिन थालेको छ । सुन्तर सर शान्त हिमाली देश नेपाल अहिले बारुदको थुप्रोमा खडा भएको छ । कतिबेला कसको हत्या हुने सहो, कसको घरजल्ने हो, कुन स्कुल कलेजमा आगो झोसिने हो, कुन सरकारी भवनमा डढेलो सल्काइने हो टुंगो हुँदैन । माओवादी हिंसाले जन्माएको आतंकलाई पश्चिमा शक्तिहरुद्वारा संरक्षित एनजीओ आइएनजीओले अघि बढाएका छन् । माओवादीले आतंककै बलमा झण्डै दशवर्ष मुलुकलाई बन्धक बनाएको थियो । २०५४–०५५ देखि २०६२÷०६३ सम्म नेपालमा डरलाग्दो सन्त्रासको अवस्था थियो । त्यसको मुल नाइके प्रचण्ड भनिने पुष्पकमल दाहाल थिए । त्यो कालखण्डमा आगो लगाउन बम पड्काउन, गोलीले उडाउन कुनै कारण चाहिँदैनथ्यो । नेपालका गाउह्रु लगभग खाली गरिएका थिए । राजधानी र ठूला शहर पनि तिनकै आतंकका बन्दी थिए । ड्युटीमा जान लागेका सुरक्षाकर्मी, कर्मचारी स्कुल जान हिँडेका छात्राछात्र र शिक्षक, घाँस दाउरा गर्न जंगल गएका सर्वसाधारण, बाबुको क्रियामा बसेका क्रियापुत्री सबै माओवादी आतंकको निशानामा पर्थे । गुडिरहेको गाडीमा आगो लगाउने, बम पड्काउने, सर्वसाधारण र बालबालिकालाई मानवढालको रुपमाप प्रयोग गरी सुरक्षाकर्मीमाथि आक्रमण गर्ने कुरा सामान्य थियो । ‘नौलो जनवादी क्रान्तिको नाम दिइएको त्यो आतंकबाट गरिब धनी महिला पुरुष, युवावृद्ध, बालबालिका सबै समानरुपले प्रताडित थिए । भारतीय गुप्तचर संस्थालाई विन्तीपत्र हाल्ने अनि नेपालीहरुलाई डढाएर राख बनाउने माओवादीलाई बचाउन तस्कर, कालो बजारिया भ्रष्टाचारी र सत्ताका लालाचीहरु सबै लागेका थिए । माओवादी आतंकबाट झण्डै एक दशक मुलुक आक्रान्त बन्यो । पछि राजा ज्ञानेन्द्र को मूर्खतापूर्ण कामले राजनीतिक पार्टीहरु पनि आन्दोलित भए । राजनीतिक दल र माओवादी आतंककारी शक्तिबीच भारतीय शासकहरुको मध्यस्थतामा सहमति गराइयो । नेपालका दलहरुसँग सहकार्य गर्नुअघि माओवादीको संरक्षक भारतीय सरकार नै थियो । २०६२ सालको मंसीरमा दिल्लीमा भारतीयहरुकै निर्देशनमा भएको बाह्रबुँदे सहमति पछि नेपालको आन्तरिक राजनीतिको समीकरण फेरियो । माओवादी, राजा र राजनीतिक दल तीन ध्रुबमा विभाजित शक्ति फेरिएर राजा एकातिर माओवादी र दलहरु अर्कोतिर भए । राजालाई सेनालाई प्रयोग गरेर सत्ता सञ्चालन गरिरहेका थिए । तर माओवादी दलहरु एक भएपछि विदेशी शक्तिले पनि त्यसैलाई साथ दियो । दल, माओवादी र विदेशीहरुको मोर्चाका सामुन्ने राजनाको शक्ति टिक्न सकेन । माओवादी हिंसा त्यागेर मूल धारको राजनीतिमा आयो । नेपाली सेनाको निगरानी गर्न राष्ट्रसंघीय मिसन ‘अनमिन नेपालमा राखियो । विघटित प्रतिनिधिसभा पुनः स्थापना गरियो । र, २०४७ को संविधान खारेज गरी अन्तरिम संविधान जारी भयो । त्यही सेरोफेरोमा पु्नस्थापित प्रतिनिधिसभालाई अन्तरिम संसदमा रुपान्तरित गरियो । माओवादी चुनावै नलडढी एमालेले चुनाव लडेर जितेको बराबर स्थान सुरक्षित गरियो । र, पनि नेपालमा शान्ति र अमनचयन फर्केन । माओवादी आतंक मूलधारको राजनीतिमा समाहित भइसकेपछि पनि नेपाललाई बारुदको धुँवाले ढाकी नै राख्यो । एकातिर माओवादीको र तियार लडाइको अहंकार अर्कोतिर माओवादी हिंसाको प्रतिउत्पादन विभिन्न आतंककारी समूहले नेपालमा स्तीरता, शान्ति र अमनचयनलाई लगातार छिनिरहे । माओवादीले हतियार लागेपनि त्यसको धङधङी छाडेको थिएन । मधेशमा दशथरी हतियारधारी समूह सक्रिय भए । थारुवाद, लिम्वुवान जस्ता समूहले पनि हतियारको शक्ति बुझिसकेका थिए । तिनले पनि चौतारा, बसस्टेशन, स्कुल, कलेजमा विष्फोटन गराउन शुरु गरे । यतिसम्म कि माओवादी र मधेशवादीको भिडन्तमा गोरमा एकै स्थानमा २९ जनाको ज्यान गयो । ज्वाला समूह, गोइत समूह जस्ता अनेक हतियारधारी जथ्थाले शान्तिप्रिय नेपालीको निन्द्रा हरण गर्न थाल्यो । माओवादीसँग कुनै न कुनै समयमा संलग्न भएका र कालाक्रममा त्यहाँबाट अलग भएका समूहलाई अन्डर्वल्डहरु विभिन्न आतंककारी समूह र विदेशीहरुले लगानी गर्न, हतियार उपलबध गराउन र तालिम दिन थाले । यो अवस्था लामो कालसम्म चल्यो । २०७४ सालको चुनावमा विप्लव माओवादीले आतंककारीको भूमिका खेल्यो । प्रचण्डको माओवादीले हतियार बिसाएपछि त्यसलाई निरन्तरता दिन अघि सारेको विप्लव समूह पनि विस्तारै शान्तिपूर्ण प्रतिस्पर्धाको बाटोमा आउँदै थियो । त्यही बेला विदेशीहरुको इशारामा चल्ने र तिनको स्वार्थ पूरा गर्न राष्ट्रिय राजनीतिमा आएका तत्व, एनजीओ–आइएनजीओको लगानीमा राष्ट्रविरुद्ध सक्रिय रहेकाहरु र गुमेका सत्ता फर्काउन रातदिन एक गरेर लागेकाहरुले जेनजी नामको अमुक अस्त्र प्रयोग गरी भदौ २३ र २४ गते विध्वंश मच्चाए । जेनजी आतंकपछि फेरि नेपाल अर्को हिंसात्मक द्वन्द्वमा फसेको छ । जेनजी नामका दर्जन बढी समूह सरकारी कार्यालय, संस्थान र अनेक सार्वजनिक संस्थामा पुगेर सन्त्रास सिर्जना गरिरहेका छन् । संवैधानिक निकायका प्रमुख, स्कुल कलेजका प्रिन्सिपल, सरकारी स्वमित्व भएका संस्थानहरुमा जाने, आतंक मच्चाउने, चिठी दिने र धम्क्याउने काम प्रत्येक पल जारी छ । त्यही शिलशिलामा एक्ट्रिमिस्ट गु्रप अफ नेपाल भन्ने एउटा रहस्यमय समूहले अक्तियारी प्रमुख प्रेम राई समेतका सैयौं व्यक्तिलाई हत्या गर्ने धम्की दिएर चिठी पठाएको छ । अक्तियार प्रमुखलाई राजीनामा दिन दवाव दिएको र राजीनामा नदिए हत्या गर्ने धम्की दिएको छ ।

अख्तियार प्रमुख समेत केही सरकारी निकायका प्रमुखलाई धम्क्याएको समूहका प्रमुखले आफू भारतमा रहेको र पूर्णरुपले सुरक्षित रहेको भनेर भिडियो सार्वजनिक गरेका छन् । उनले हत्या गर्ने भनेर घोषणा गरिएका प्रेम राईलाई पुनः राजीनामा दिन भनेका छन् । राजीनामा नदिए हत्या गर्ने चेतावनी पुनः दोहो¥याएका छन् । त्यो समूह के हो, कसरी चलेको छ र कसको निर्देशनमा काम गर्छ भन्ने कुरा आझैसम्म रहस्यकै गर्भमा छ । उसले जेलबाट फरार भएका कैदीलाई पैसा दिएर हत्याका लागि प्रयोग गर्ने योजना बनाएको कुरा प्रचारमा आएको छ । त्यसका लागि कति फरार कैदी प्रयोग हुँदैछन्, तिनलार्य कति पैसा दिइँदैछ र त्यो पैसा कहाँबाट आउँछ भन्ने यकिन भएको छैन । पछिल्लो पटक जेनजीको नाममा आतंक मच्याउने मध्येकै एउटा समूह अहिले सत्तामा छ । कतै त्यही समूहले आफ्नो निहीत स्वार्थ पूरा गर्न यो प्रपञ्च रचेको त हैन भन्ने आशंका पनि पैदा भएको छ । वास्तविकता के हो, किन यसरी जनतालाई आतंकित पार्रिँदैछ, त्यसको जवाफ जनताको शान्ति सुरक्षाको जिम्मेवारी बोकेको निकायले तत्काल दिनुपर्छ । भदौ २४ गतेको देशव्यापी आगजनी, हत्या र तोडफोडबाट उत्साहित शक्तिले नै पृष्ठभूमिमा बसेर यो सबै षड्यन्त्र त रचिरहेको छैन भनेर शंका उठाउने ठाउँ पनि छ । त्यत्रो विध्वंशलाई सहज स्वीकार गर्ने, आतंककारीहरुलाई अमनचयन दिने गरेकाले नै अहिले पुनः हिंसाले ढंकिने मौका पाएकोमा भने कुनै शंका छैन । अहिले खुलेआम हत्याको ऐलान गर्नेलाई सरकारले के गर्छ, संरक्षण गर्छ कि नियन्त्रणमा लिएर कारवाही गर्छ ? त्यसैको आधारमा हाम्रो देशको शान्ति सुरक्षाको अवस्था निर्भर रहन्छ । एउटा कुरा भने निश्चित भयो, त्यो के भने अब नेपालमा निधंक्क र शान्तिपूर्ण जीवन यापन भने असम्भव हुँदै गएको छ । गर्नेलाई सरकारले के गर्छ, संरक्षण गर्छ कि नियन्त्रणमा लिएर कारबाही गर्छ ? त्यसैको आधारमा हाम्रो देशको शान्ति सुरक्षाको अवस्था निर्भर रहन्छ । एउटा कुरा भने निश्चित भयो, त्यो के भने अब नेपालमा निधंक्क र शान्तिपूर्ण जीवन यापन भने असम्भव हुँदै गएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *